Websoft University

लागू औषध सहित मोटरसाईकल प्रहरीले नियन्त्रणमा


फायल फोटो,
श्याम राई÷उदयपुर,गाईघाट जेष्ठ १८ गते । रातो तारा डट कम,६ दिन अघि दमौटी हुँदै गाईघाटतर्फ आउँदै गरेको मोटरसाईकल सवार २ जना युवाहरुलाई लागू औषध सहित मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राऊ परेका ति दुई युवाहरु लागू औषधका सेवनकर्ता र कारोबारीभएको पक्राऊ पछि खुल्न आएको छ ।
कदमाहा–गाईघाट सडक खण्ड हुदै आवतजावत गर्ने उनीहरुले पहिलो पटक उक्त बाटो प्रयोग गरेका थिए ।

 जंगलको बाटो हुँदै लागू औषधको कारोबार गर्न सुरक्षित हुने ठानी उनीहरले पहिलो पटक उक्त रुट प्रयोग गरेको भएपनि विशेष सुराकीको आधारमा उनीहरु दुबै पक्राऊ परेपछि लागू औषध कारोबारको नयाँ रुट पत्ता लागेको हो । लालपत्ता प्रहरी चौकीका ईन्चार्ज असई धनश्याम पोखरेलले लागू औषध ओसार पसार र सेवनमा कडाई गरेपछि कारोबारीले बाटो परिवर्तन गरेको बताए ।

केही समयदेखि यो रुटबाट लागू औषधका करोवारी र सेवनकर्ता हराएको जस्तै भएको थियो ।’ उनले भने,‘हामीले अनुसन्धान गरिरहेका थियौ । लागू औषधका कारोबारी र सेवनकर्ता किन यतिका दिनदेखि वेपत्ता भए भनेर तर अनुसन्धानबाट उनीहरुले अर्कै रुट प्रयोग गर्न थालेको सूचना आयो ।’ असई पोखरेलले भने । हामीले नाका पत्ता लगाएर अपरेशन थालेपछि उनीहरु पक्राऊ परे । प्रहरीले लागू औषध सेवनकर्ता र कारोबारी नियन्त्रण गर्न विगत पाँच वर्षदेखि कदमाहा–गाईघाट सडक खण्डको लालपत्ता चेकपोष्टमा कडाई गरेपछि सो अवधिमा प्रहरीले ठूलो सफलता हासिल गरेपनि लागू औषधकोकारोबार रोकिएको छैन ।

प्रहरीले उक्त अवधिमा ठूलो संख्यामा लागू औषध र कारोवारी तथा सेवनकर्ता पक्राऊगरि मुद्दा चलाएको छ ।‘ ठूलै सफलता हासिल गरे पनि लागू औषधको कारोवार पूर्णरुपमा रोकिएको छैन ।’ जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी.चन्द्रदेव राईले भने । ‘हामीले निकै कडाई गरेको छौ । तर पूर्ण रुपमा नियन्त्रण हुन सकेको छैन ।’ उनले भने ।

लागू औषध भित्रिने मुख्य नाका लालपत्तामा गरेको कडाईपछि नब्बे प्रतिशत सफलता मिलेको उनले बताए । उनले खुला सिमानाको कारण भारतको लौकी बजार र जयनगरबाट लागू औषध भित्रिने गरेको बताए । सिमानामा दुबै तर्फबाट प्रहरीले कडाई गरे मात्र लागू औषध भित्रिन रोकिने उनले बताए । तर सिमानामा लागू औषध नियन्त्रणमा कुनै कडाई नहुँदा कारोबार फष्टाएको उनले दाबी गरे ।

माथिल्लो निकायबाट समन्वय गरेर मात्र पूर्णरुपमा लागू औषध नियन्त्रण हुन सक्छ ।’ उनले भने । भारतीय बजारमा खुलेआम विक्री भैरहेको लागू औषध पहिले नियन्त्रण हुनु पर्छ एस.पी. राई भने । अनी मात्र लागू औषधको कारोबार बन्द हुन्छ । नभए नेपालमा सहज रुपमा लागू औषध भित्रन्छ ।’ उनले भने ।

उनले दुबै देशका माथिल्लो निकायबाट चासो लिएर लागू औषध नियन्त्रण गरिनु पर्ने बताए । उनले भारतको लौकही, जयनगर र भिमनगरबाट भित्रिने लागू औषध उदयपुरको गाईघाट, कटारी, बेलटार हुँदै उत्तरी पहाडी जिल्लाको खोटाङं, सोलुखुम्बु र ओखलढुंगामा समेत कारोबार भैरहेको बताए ।‘ पछिल्लो समय पहाडी जिल्लामा समेत लागू औषधको कारोबार र सेवनकर्ता बढेको पाईएको छ ।’ उनले भने । पहाडी जिल्लामा सहज रुपमा लागू औषध पाईने हुँदा सेवनकर्ता बढेको एस.पी. राईको भनाई छ ।

लालपत्ता नाकामा भएको कडाईले लागू औषध कारोबार अर्को सुरक्षित नाकाबाट हुन थालेको जिल्ला प्रहरी कार्यालयका असई नुर प्रसाद पोखरेलले बताए । ‘प्रहरीले बेलैमा अर्को नाका पत्ता लगाएपछि ठूलै सफलता मिलेको महसुस भएको छ ।’ असई पोखरेलले भने । ‘ बेलैमा पत्ता नलाएको भए लागू औषधको ठूलै कारोबार हुने थियो ।’ उनले भने । जिल्ला प्रहरी कार्यालयले दुई वर्षको अवधिमा ठूलै संख्यामा लागू औषधका कारोबारी र सेवनकर्ता पक्राऊगरि कानूनी दायरमा ल्याएको छ । 

उक्त अवधिमा ७० भन्द बढि विरुद्ध प्रहरीले लागू औषध विरुद्धको मुद्दा चलाएकोमा अधिकांश कारागारमा सजाय भोगिरहेकाछन् भने केही धरौटीमा रिहा भएकाछन् । प्रहरीले लागू औषधका कारोवारलाई जरै देखि निर्मूल पार्ने अभियान तिब्र गतीले संचालन गरिरहेको भए पनि उस्लाई पूर्ण सफलतमा प्राप्त हुन सकेको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.