शिव भट्टराई , इटहरी असार ३ गते । रातो तारा डट कम,
सुनसरीको इटहरीमा रहेको एसओएस वालग्रामले आज ७०औँ स्थापना दिवस एवम् संस्थापक पिता प्रा. डा. हर्मन माइनरको १००औँ जन्म जयन्तीको अवसर पारेर टेंग्रा खोला छेउमा रहेको पिपलबोटे स्कुलका बिद्यार्थीहरुलाई शौक्षिक सामाग्री वितहरण गरेको छ ।
विध्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक सुधारका लागी आवश्यक मात्रामा पाठ्य पुस्तक एवम शौक्षिक सामाग्री वितरण गरिएको एस ओ एस बालग्राम इटहरीका निर्देशन डिसी चौधरीले जानकारी दिनुभयो । वितरण शौक्षिक सामाग्रीमा विध्यार्थीका लागी आवश्यक कपी डटपेन लगायतका अन्य सामाग्री एवम खेलकुदको सामाग्री रहेको थियो ।
Post a Comment