Websoft University

चलचित्र‘कीर्तिपुर’प्रदर्शनका लागि तयार


काठमाडौं । रातो तारा डट कम, ऐतिहासिक चलचित्र कीर्तिपुर, द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ निर्मँण भएको पाँच वर्षपछि दर्शकमाझ आउन तयार भएको छ ।

पाँच वर्षअघि नै निर्मँण गरिएको यो चलचित्र असार १३ गतेदेखि दर्शकमाझ पुग्ने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

चलचित्रका निर्देश्ँक प्रदीप खड्गीका अनुसार सेन्सर बोर्डले सेन्सर पास गर्न समय लगाएपछि निर्माण भएको लामो समयपछि मात्र यो चलचित्र प्रदर्शन हुन लागेको हो । सेन्सर बोर्डले प्रदर्शनका लागि बाटो खुला गरिदिएसंगै यो चलचित्र दर्शकमाझ आउने भएको हो ।

यो चलचित्र नेपाल एकिकरणका अभियन्ता तत्कालिन राजा पृथ्वीनारायण शाहले एकिकरणको अभियानमा १८ औं शताब्दिमा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा आधारित छ ।

चलचित्रको केही दिनअघि सार्वजनिक भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहेको बेला चलचित्रको निर्मँण कम्पनिले सोमबार काठमाडौंमा चलचित्रको एउटा नया“ गीत सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको हो । सार्वजनिक गीतमा कीर्तिपुर आक्रमणका दृष्यहरु पनि समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको जनाए । अत्यधिक भिएफएक्स गर्नु परेका कारण पनि चलचित्र  प्रदर्शनमा आउन ढिलाइ भएको निर्देश्ँक खड्गीको भनाइछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.