Websoft University

छुईलामा करेन्ट लागेर १ जनाको मृत्यु


श्याम राई-गाईघाट,असार २ गते । रातो तसरा डट कम,
उदयपुरको चौढण्डीगढी नगरपालिका–१ छुईलामा सोमबार विहान  ११ बजे करेण्ट लागेर १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

चौढण्डीगढी नगरपालिका वाड न. १ छुईला बस्ने  ३१ वर्षिय गुणराज खड्का मोवाइर्ल चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो । मेन स्विच अफ गर्ने क्रममा ३० वर्षिया श्रीमती सम्झना खड्कालाई समेत करेन्ट लागेको थियो ।

गम्भिर घाईते भएका दुवै जनालाई उपचारको लागि प्राथमिक स्वास्थ्य उपचार केन्द्रको लागि बेल्टार पठाएको थियो । उपचारको क्रममा ३ बजे गुणराज खड्काको मृत्यु भएको थियो । उनकी श्रीमती सम्झनालाई थप उपचारको लागि विराटनगर नोबेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ









Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.