श्याम राई उदयपुर - गाईघाट,जेष्ठ २२ गते । रातो तारा डट कम,विश्व वातावरण दिवसको अबसरमा उदयपुरमा विभिन्न प्रजातिका १ सय २६ वटा बोटविरुवा रोपिएको छ ।‘ स्वच्छ वायु स्वास्थ जिवन’ भन्ने मूल नाराका साथ डिभिजन वन कार्यालयको आयोजनमा सदरमुकाम गाईघाटस्थीत शान्तिधाममा बुधबार दिउसो विरुवा रोपिएको हो ।
त्रियुगा नदी किनारमा झण्डै एक विघा क्षेत्रफल ओगटेको शान्तिधाममा जिल्ला समन्वय समितिका प्रमुख खड्ग वहादुर परियारले लिच्चिको बोट रोपेर उदघ्टन गरेका थिए । कार्यक्रमा सहभागिताहरुले लिच्चि, आँप, कटहर, अमला, मसला, बास, टिक, खयर लगायतका विभिन्न प्रजातिका बोट विरुवाहरु रोपिएको थियो । कार्यक्रममा बोल्दै परियारले विरुवा रोप्नु भन्दा पनि त्यसको संरक्षणमा मुख्य ध्यान दिनु पर्ने बताए ।
उनले रोपिएका विरुवाहरुको संरक्षण र सम्र्बद्धनका लागि आयोजकलाई ध्यान दिन आग्रह समेत गरेका छन् । उनले बृक्षारोपणले उजाड क्षेत्र र लोपन्मुख विरुवाको संरक्षण र संवद्र्धनका साथै हरियालीमा परिणत हुने हुँदा स्थानीयहरुमा अपनत्व हुनु पर्नेमा जोड दिए ।
वातावरणिय हिसाबले संम्वेदनशिल र विगतको डम्पिगं साईडको रुपमा प्रयोग हुदै आएको शान्तिधामलाई डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा हरियाली प्रर्वद्धन कार्यक्रम सुरुवात गर्ने समेत सो अवसरमा घोषणा गरियो ।
उक्त कार्यक्रममा जिसस उपप्रमुख गंगा राई, त्रियुगा नगरपालिका उप प्रमुख देवि कुमारी चौधरी, प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्की लगायत उपस्थित थिए ।
Post a Comment