मोहन कुमार राई- जेष्ठ २२ गते । रातो तारा डट कम,
संखुवासभा-“स्वच्छ हावा, स्वच्छ जीवन” भन्ने मूल नाराका साथ नेपालकै चर्चित शक्तिपीठ सिद्धकाली मन्दिर परिसरमा एक कार्यक्रमवीच वृक्ष रोपण गदै ४६ औं विश्व वातावरण दिवस मनाएका छन् ।
नगरको वडा नं. १ र २ बाहेक सबै वडा समेटीने गरी चैनपुर नगरपालिका र जिंंल्ला युवा समिति संखुवासभाको आयोजनामा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण कार्यक्रम गरेको हो ।
चैनपुर नगरपालिका नगर प्रमुख भरतकुमार खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका सरकारी कार्यालयहरु सामाजिक संघ संस्था, राजनीतिक दल, स्काउट टोली, सुरक्षा निकाय, क्याम्पस, विद्यालय, सर्वसाधरण लगायतका वाक्लो उपस्थिति रहेको थियो ।
नगर प्रमुखको सोखिय सचिव टंक रोक्काले सञ्चालन गरेको सो कार्यक्रममा नगरको प्रवक्ता अमृत राईले स्वागत मन्तव्य दिनुभएको थियो । जिल्ला युवा समिति संखुवासभाका अध्यक्ष हरी लिम्बुको सभापतित्वमा सम्पन्न कार्यक्रमका वीच वृक्षरोपाण गरिएको थियो ।
आज गरिएको वृक्षरोपणमा देवदार, आँप, रुद्राक्ष, अमला, कागती, एवोकार्ड लगायत १४ जातका १४ हजार विरुवाहरु उत्पादन मुखी, आयमुलक सहित सडकलाई सौदर्य दिने उद्देश्यका साथ वृक्षरोपण गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख खत्रीले मन्तव्यको क्रममा मानव जीवन वातावरण सँग जोडिएको हुन्छ , प्राकृतिक प्रकोप, जलवायु परिवर्तनलाई न्युनिकरण गर्न हामी सबैको कतव्र्य भएको हुँदा सबैले वातावरण जोगायन लागि पर्नुपर्ने वताउनु हुँदै संयुक्त राष्ट्रसँघले वातावरण जोगाउन प्रोत्साहन गर्दै आइरहेको समेत जानकारी दिनुभयो ।
औपचारिक कार्यक्रमपछि जनप्रतिनिधहरुको तर्फबाट नगर उप प्रमुख मुना श्रेष्ठ, सशस्त्र प्रहरी ४ नं गुल्मपति शसस्त्र प्रहरी नायव उपरीक्षक कविन्द्र राई, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मिङमा शेर्पा, सामाजिक संघ संस्थाको तर्फबाट लव कुमार श्रेष्ठ वृक्षरोपणको शुरुवात गरे सँगै कार्यक्रमका उपस्थित महानुभावहरुले नगरको विविन्न क्षेत्रमा वृक्षरोपण गरेको थियो ।
Post a Comment