मोरङ-जेठ २५ गते । रातो तारा डट कम,लेटाङ नगरपालिका १ लाखगाउँमा रहेको डाडाँमा माइली पाथिभरा माताको मन्दिर शिलान्यास गरिएको छ । लेटाङ नगरपालिकाका मेयर शंकर राइले शनिवार मन्दिरको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा बोल्दै मेयर राइले लेटाङ नगरपालिकामा रहेका धार्मिक र पर्यटकिय क्षेत्रको संरक्षण गरिरहेको बताए । राइले धार्मिक पर्यटन विकास गर्न यस क्षेत्रका स्थानियको ठुलो भुमिका रहेको उल्लेख गर्दै मन्दिर परिसरमा तारवार वा कम्पाउण्ड वाल निर्माण र मन्दिर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राइले सांस्कृतिक संरचनाहरुको दिगो संरक्षणमा जुट्ने स्थानियवासीको खुलेर प्रशंसा समेत गरेका थिए । उनले लेटाङमा रहेका राजारानी,कुलाहाङ् झरना र पाथिभरा माता रहेका स्थानलाई प्रचार प्रसार गर्न र पर्यटकिय गन्तव्यकारुपमा विकास गर्न लागिपर्ने बताए ।
लाख गाउँको एकवारी सामुदायीक बनको चुरे थुम्कोमा रहेको मनमोहक क्षेत्रमा ९ तल्ले पाथिभरा माताको मन्दिर बनाउने स्थानियको लक्ष्य रहेको छ । स्थानीय एक युवतीमा पाथिभरामाताको शक्ति उत्रेको र उनकै भनाइ अनुसार खोज्दा सो स्थान उपयुक्त भएको भन्दै स्थानीय जनताहरु पाथिभरा माताको मन्दिर बनाउन उत्साहित भएका हुन् । उक्त स्थान पहिले पनि शक्तिप्रदान स्थल भनेर चर्चित रहेको मन्दिर ब्यवस्थापन समितिका सल्लाहकार ललित तामाङले जानकारी दिए ।
स्थानीय दिलबहादुर लिम्बु (सुर्य) को अध्यक्षतामा मन्दिर ब्यवस्थापन र पुजाआजा कार्यक्रम तथा ब्यवस्थापनको काम थालिएको छ । यस स्थानमा शान्तिको भावना उत्पन्न हुने विस्वास रहेको भन्दै लिम्बुले आम धर्मानुरागीहरुको भिड लाग्न थालेको बताए ।
Post a Comment