Websoft University

बिद्यालयमा जंक फुड खानै निषेध



काठमाण्डौ जेष्ठ २२ गते । रातो तारा डट कम,पर्वतको विहादी गाउँपालिकाले सामुदायिक विद्यालयमा जंक फुड(तयारी खाजा) निषेध गरेको छ । विद्यालयमा चाउचाउ, कुरकुरे, विस्कुट लगायतका प्लाष्टिकमा प्याकिङ गरिएका खानेकुरा र चटपटे निषेध गरिएको हो ।

विद्यालयमा पढ्ने बालबालिकाले जंक फुड खाने चलन बढ्दै जाँदा यसले विद्यार्थीको स्वास्थ्यमा नकरात्मक असर पर्ने भएकोले निषेध गरेको गाउँपालिकाले जनाएको छ । विद्यालयमा जंक फुड निषेध गरेपछि घरबाटै खाजा ल्याउनु पर्ने नियम बनाइएको छ । आगामी वर्ष सबै विद्यालयमा खाजा कार्यक्रम पनि सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिनुभयो । 

गाउँपालिकाले सबै सामूदायिक विद्यालयमा जंक फुड रोकेको छ भने घरमा पनि यस्ता खानेकुरा बालबच्चालाई नदिन सचेतना फैलाइरहेको अध्यक्ष भुसालले बताउनुभयो । उहाँले गाउँपालिकाले साना बालबालिकालाई जंक फुड खान नदिन अभिभावकलाई नै सचेत गराउनुपर्ने भएकाले घरमै पुगेर सम्झाउन थालिएको बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.