Websoft University

गृहमन्त्रीले सुरक्षा निकायका प्रमुखसँग छलफल गरे



काठमाण्डौ जेष्ठ २१ गते ।  तारा तोरा डट कम,गृहमन्त्री रामबहादुर थापा बादलले विप्लवका कार्यकर्ताबाट सोलुखुम्बुमा प्रहरी चौकी आक्रमणको प्रयास भएपछि तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्नुभएकोछ । अस्तिको उक्त घटनापछि गृहमन्त्री थापाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई गृहमन्त्रालय बोलाएर घटनाबारे जानकारी लिएको बताइएकोछ । 

तीनवटै सुरक्षा निकायका प्रमुखले विप्लवका कार्यकर्ताले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेपनि असफल भएको जानकारी गराएको गृह मन्त्रालयले जनाएकोछ । गृहमन्त्री थापालाई प्रहरी प्रमुखले जानकारी गराए लगत्तै उक्त स्थानमा थप प्रहरी टोली परिचालन गरिएको बताइएको छ । 

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले जिल्लामा विप्लवका गतिविधि बढेकाले थप सुरक्षा सर्तकता अपनाइएको जानकारी दिनुभयो । गएराति १२ बजेको समयमा २५–३० जना विप्लव माओबादी कार्यकर्ता चौकी कव्जा गर्ने नियतले पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियारसहित हिँडेकाले उनीहरु त्यसै फर्केको बताइएको छ । विप्लव समूहका कार्यकर्ताबाट सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयासपछि प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचारप्रति नेपाली सेनाले अस्वीकार गरेको छ । 

सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्पष्ट पार्नुभएको हो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.