श्याम राई-उदयपुर-गाईघाट,जेष्ठ २१ गते । रातो तारा डट कम, विद्यार्थीहरुमा मुर्छा पर्ने रोग देखिएपछि उदयपुरको एक विद्यालय एक साताको लागि बन्द गरिएको छ । त्रियुगा नगरपालिका वडा न.६ घनचक्रे आधारभुत विद्यालयमा अध्ययरत ९ जना विद्यार्थीहरुमा मुर्छा पर्ने, रुने कराउने, चिच्याउदै काम्न थाल्ने अस्वभाविक क्रियाकलाप हुन थालेपछि विद्यालयले एक साताको लागि पठनपाठन बन्द गरेको छ ।
विद्यार्थीहरुले अनौठो क्रियाकलाप गर्न थालेकोले विद्यालय केही दिनको लागि बन्द गरिएको छ ।’ विद्यालयका प्रध्यापक नेत्र काफलेले भने। विद्यार्थीहरु विरामी पर्न थालेपछि अभिाभावकको आग्रहमा विद्यालय बन्द गरिएको उनलेबताए।
केही दिनदेखि ९ जना विद्यार्थीहरुमा मुर्छा पर्ने, रुने कराउने, चिच्याउने र धामी जस्तो काम्ने र अन्तमा पूरै विहोस हुने लक्षण देखिएको प्रअ काफलेले बताए । उनले जेष्ठ २ गते पहिलो पटक कक्षा २ मा पढ्ने ६ वर्षिय सकुन्तला तामाङ्ग एकाएक मुर्छा पर्ने, रुने कराउने गर्न थालेको बताए ।
विरामीका अभिभावकले ति बालिका पहिले देखि नै विरामी रहेको बताएको प्रअ काफलेले बताए । उनी विरामी भएको हप्ता दिन नवित्दै कक्षा–५ मा अध्ययरत १० वर्षिया टिका कुमारी तामाङ्गमा पनि त्यस्तै लक्षण देखियो । उनी पनि त्यसै गरि रुने, कराउने र मुर्छा पररेर विहोस भएपछि अभिभावकलाई जिम्मा लगाईएको काफलेले बताए ।
दुई विद्यार्थी विरामी भएपछि त्यसको तिन दिनपछि बुधबार एकैपटक तिन वटा विद्यार्थीहरु विरामी परे । उनीहरुको लक्षण पनि पहिलेको जस्तै देखियो । कक्षा–५ का समिर राउत, कक्षा–४ का टेक वहादुर विक र कक्षा–१ का सर्मिला तामाङ्ग विरामी परेपछि शिक्षक र अभिभावक सबै चिन्तित बनेको उनले बताए ।
विद्यार्थीहरुमा अनौठो रोग देखा परेपछि त्रियुगा नगरपालिका–६ का वडा अध्यक्ष निर्मल चौधरीले स्वास्थ्यकर्मीको टोली परिचालन गरेर विरामीको उपचार गराएकाछन् । जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक डा. अशोक तिवारीको टोलीले विरामी विद्यार्थीको घरमै गएर उपचार गरेको वडा अध्यक्ष चौधरीले बताए ।
उपचारमा संलग्न चिकित्सक तिवारीले विद्यालय वा घरमा हुने तनाबको कारण विद्यार्थीहरुमा यस्तो समस्या उत्पन्न भएको बताए । ‘एक व्यक्तिमा यस्तो समस्या देखिए, अरुमा पनि क्रमिक रुपमा समस्या देखिदै जान्छ ।’ डा. तिवारीले भने । अहिले विद्यार्थीहरुमा पनि यस्तै समस्या भएको हो ।
‘ धेरै जना जमघट हुने स्थानमा धेरै जनामा यो सर्ने गर्छ । उनले भने । धेरै विद्यार्थीहरुमा एकै पटक यस्तो समस्या देखिएकोले यसलाई डिस अर्डर‘ मास हिस्टोरीया’ को क्याटागोरी भित्र राखिएको उनले भने ।
विद्यालयमा ७३ जना बालबालिका अध्ययनरत छन्। उनीहरुको उमेर ११ वर्ष भन्दा बढी नरहेको प्रअ काफलेले बताए ।
Post a Comment