श्याम राई उदयपुर गाईघाट,असार २ गते ।
रातो तसरा डट कम,छौठौ उदयपुर गोल्डकप प्रतियोगिताको सोमबारको खेलमा मोरङं एकेडेमीले ट्राईबेक्ररमा ४–२ ले नेपाल प्रहरीलाई हराउँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।
निर्धारीत समयमा २–२ को बराबरीमा खेल सकिए पछि खेल टाईबेक्ररमा धकेलिएको थियो । मोरङंको तर्फबाट विवेक पौडेल, दिपक राई, विक्रम लिम्बु र उमेश कार्कीले गोल गरे । त्यसैगरि प्रहरीको तर्फबाट सुमन लामा र दिनेश गुरुङ्गले गोल गरेका थिए ।
पहिलो हाफको १२ औं मिनटमा मोरङंका नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तेसको लगतै प्रहरीका तर्फबाट रवि पासवानले १९ औं मिनटमा बराबरीमा ल्याए । खेलको ४३ औं मिनटमा प्रहरीका रवि पासवानले ६० यार्डबाट प्रहार गरेको बल मोरङंका डिफेन्स खेलाडी विकास खवासको खुट्टामा ठोकिएर आत्मघाती गोल हुन पुग्यो ।
दोश्रो हाफको ७१ औं मिनटमा पुःन नवयुगले गोल गर्दै खेल २–२ को बराबरीमा रोके । त्येस पछि कुनै टिमको तर्फबाट गोल हुन सकेन र टाईब्रकरमा प्रवेश गरेको थियो ।
मोरङंका प्रशिक्षक संजिब बुडाथोकीले खेलाडीहरुले उत्कृष्ठ प्रदर्शन गरेकोले जित संभव भएको प्रतिक्रिया दिए । ‘ हाम्रा खेलाडीहरुले निकै मिहनत गरेर खेले । जस्को फलस्वरुप सफलता प्राप्त भयो ।’ उनले भने ।
नेपाल प्रहरीका प्रशिक्षक अनन्त थापाले स्टाईकर कमजोर भएको कारण हार हुन गएको बताए ।‘ हाम्रा केही स्टाईकरको अभाबमा सोचे जस्तो खेल खेल्न सकेनौ । जस्को कारण सफलता पाउन सकेनौ ।’ उनले भने ।
खेलाडीले सोचे अनुरुप नै खेल खेलेका थिए । उनले भने ।
प्रतियोगिताको म्यान अफ दि म्याच मोरङंका सूर्य अधिकारी भए । उनले नगद ७ हजार ट्रफि र पदक पाए । मंगलबारको खेल गोर्खा वाईज युनियन नवलपरासी र संकटा कल्ब काठमाडौंबीच हुने छ ।
Post a Comment