बिराटनगर जेठ ३२ गते । रातो तारा डट कम,२५० ले देखाए प्रतिभा, १ सय ६५ जना छानिए एकल गायन र नृत्य समावेश गरिएको ‘प्याब्सन आँगन’ प्रतियोगिताको छनौट चरणको अडिसन सम्पन्न भएको छ । प्याब्सन विराटनगरले आयोजना गरिएको अडिसन विराटनगर शनिबार सम्पन्न भएको हो ।
८० भन्दा बढी विद्यालयहरूबाट गायनमा ९५ र नृत्यमा १ सय ५५ जना गरि २ सय ५० जना प्रतियोगिहरूले भाग लिएको प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राईले जानकारी दिए । पहिलो अडिसनबाट १६५ जना छनौट भएको उनले बताए । अध्यक्ष राइका अनुसार नृत्यतर्फ ९६ र गायनतर्फबाट ६५ जना छनौट भइ क्वाटरफाइनलमा प्रवेश गरेको जानकारी दिए । क्वाटरफाइन असार १३ गते हुनेछ ।
‘सधैको लागि, सवैको लागि, राष्ट्रको शिक्षा, कलाको लागि, प्याब्सन आँगन, प्याब्सन विराटनगर’ मुल नाराको साथ उक्त प्रतियोगिता सुरु भएको हो । पहिलो अडिसनमा सोचभन्दा राम्रो संख्यामा प्रतियोगिहरूले भाग लिएको उनले बताए । ‘प्याब्सन विराटनगरले पहिलो पटक आयोजना गरिएको सृजनात्मक प्रतियोगितामा उत्साहजनक विद्यार्थीको सहभागि छ,’ उनले भने, ‘प्याब्सनले गर्ने यो प्रतियोगिता शयरहित, निष्पक्ष र भव्य रूपमा ग्राण्ड फिनाले गर्नेछ ।’
विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको अन्तर निहित कलाकारिताको दक्षतालाई अभिवृद्धी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १० सम्म अध्ययरत विद्यार्थीहरूले यो प्रतियोगितामा भाग लिएका छन् । तीन चरणको अडिसन राउण्ड पुरा गरेपछि प्रतियोगि फाइनलमा पुग्नेछन् । दुवै विधातर्फको सेमिफाइनलसम्म २५÷२५ जना छनौट गरि फाइलनमा १०÷१० जना पुग्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । एकल नृत्य र एकल गायन दुवै विधाका विजेताले नगर र ट्रफि प्राप्त गर्ने
छन् । अन्य उपबिजेता हुने ९ जना प्रतियोगिले ट्रफि तथा पुरस्कार पाउने अध्यक्ष राईले बताए ।
उक्त प्रतियोगिताको फाइनल विराटनगर साउन २४ गते हुने
छ । एकल नृत्यतर्फको प्राविधिक संयोजकमा निश्चल मगर रहेका छन् भने गायनतर्फको प्राविधिक संयोजकमा सुमन श्रेष्ठ छन् ।
Post a Comment