श्याम राई उदयपुर गाईघाट,असार ७ गते । स्टाईकर श्याम नेपालीले गरेको एक मात्र निर्णायक गोलको मद्धतले एपीएफ काठमाडौंले उदयपुरमा जारी छौठौ रमपम उदयपुर गोल्डकपको उपाधि जितेको छ ।
चौथो उदयपुर गोल्डकपका विजेयता गोर्खा वाईज रुपन्देहीलाई १–० ले पराजित गर्दै एपीएफले ५ लाख राशीको पुरस्कार सहित गोल्डकपमा पहिलो पटक कब्जा जमाएको
हो । एदयपुर गोल्डकपमा निरन्तर सहभागिता जनाउँदै आएको एपीएफले छौठौ संस्करणमा आफूलाई अब्लल सावीत गरेको छ ।
शनीबारको उपाधि भिडन्तको खेलमा पहिलो हाफ गोल रहित बराबरी सकिएको थियो । दोश्रो हाफको ३१ औं मिनटमा श्याम नेपालीले राईट साईडबाट ६० यार्डको दुरीबाट प्रहार गरेको बल गोलमा परिणत हुन पुग्यो । ९० मिनटभरि दुबै टोलीबाट गोल हुन नसकेपछि त्यही गोलनै निर्णाय हुन पुग्यो । दुबै टोलीबाट गोल गर्ने धेरै अवसर गुमाएको थियो । खेल निकै प्रतिस्पर्धात्मक भए पनि दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
खेलको उत्कृष्ट खेलाडी एपीएफका राजेन्द्र रावल भए । उनले नगद ५० हजार र ट्रफि पाए । त्यसैगरि म्यान अफ दि म्यान एपीएफका श्याम नेपालीले भए । उनले ७ हजार नगद, ट्रफि पाए । प्रतियोगिता अवधि भरिकै उत्कृष्ट रक्षापंतीका खेलाडीमा गोर्खा वाईजका पेपे, उत्कृष्ट मिडफिल्डरमा गोर्खा वाईजका नितीन थापा, उत्कृष्ट फर्वाडमा एपीएफका नविन लामा, उत्कृष्ट प्रशिक्षक एपीएफका सुदिप श्रेष्ठ भए।
उनीहरुले जनही नगद रु १५ हजार र ट्रफि प्राप्त गरे । त्यसैगरि उदियमान खेलडीमा आयोजक उदयपुर ११ का सुदिप श्रेष्ठ भए । उनले नगद १५ हजार पाए । प्रतियोगिता भरि सबै भन्दा बढी गोल गर्ने गोर्खा वाईजका पोफोना भए । उनले ३ गोल गरेर सर्वाधिक गोलकर्ताको पुस्कार नगद १५ हजार र ट्रफि प्राप्त गरे ।
प्रदेश नम्बर १ का मुख्य मंत्री शेरधन राईले विजेयतालाई नगद ५ लाख र ट्रपि वितरण गरे । उपविजेयता गोर्खा वाईजले नगद ३ लाख र ट्रफि प्राप्त गरे ।
पुरस्कार वितरण समारोहमा मुख्य मंत्री राईले पूर्वाञ्चललाई फुटबलको हब बनाउने प्रतिबद्धता अनुरुप प्रदेश सरकारले स्थानीय तहसँग मिलेर फूटबल खेलको विकासको लागि अघि बढ्ने बताए ।
Post a Comment