Websoft University

स्थानीय तह र संचारवीचको सम्बन्ध तालिम तथा अन्तरक्रिया कार्यक्रम


मोहन कुमार राई-जेष्ठ २० गते । रातो तारा डट कम, संखुवासभा-संखुवासभाको चैनपुरमा आजबाट स्थानीय तह
र संचारवीच तालिम तथा अन्तरक्रिया कार्यक्रम शुरुभएकोछ ।

संखुवासभा काठमाण्डौ  जर्नालिष्ट एसोसियसन (एसकाज) को आयोजना तथा नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा कार्यक्रम गरिएको थियो । संखुवासभाको १० वटै स्थानीय तहका प्रमुख, उप प्रमुख , प्रशासकीय अधिकृत र जिल्लाका क्रियाशिल संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
आज विहान चैनपुर स्थित दिलकुमारी सभाहलमा एसकाजका अध्यक्ष हेमन्त गौतम तथा संघिय संसद राजेन्द्र गौतमको प्रमुख आतथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा संखुवासभा काँग्रेस जिल्ला सभापति सदिपन कुमार श्रेष्ठ, नेकपा नेता उमेश कुमार डाँगी, नेपाल सरकारका पूर्व सचिव डा.शारदा प्रसाद त्रिताल, डा. टंक उप्रेती जिल्ला समन्वय इकाई संखुवासभाका उप प्रमुख अविका भुजेल,  लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै चैनपुर नगपालिकाका प्रमुख भरतकुमार खत्रीले तालिमबाट जिल्लाका जनप्रतिनिधि र संचारकर्मी वीच सहकार्यको माध्यमबाट जनचाहना बमोजिम विकास र आर्थिक समृद्धी हासिल गर्न थप सहजता आउने धारणा राख्दै आयोजकलाई धन्यबाद दिनुभयो ।

यसै गरी प्रमुख अतिथि गौतमले संखुवासभा भौगोलिक जटिलताका कारण विकासमा समस्या भैरहेको भन्दै जनप्रतिनिधि र सञ्चारकर्मीवीच यस्ता सहकार्यले विकास निर्माण र जनताले चाहेको समृद्धी हासिल गर्न थप सहजता आउने वताउनुभयो ।

एसकाजका महासचिव उद्व भट्टराईले संचालन गर्नुभएको सभालाई सम्बोधन गर्दै काँग्रस सभापति दिपन कुमार श्रेष्ठले विकास, समृद्धि र सुशासन कायम गर्न संचार माध्यमको ठूलो भूमिका रहने वताउदै प्रेस स्वतन्त्रता विना विकास र समृद्धि कुनै हालतमा हासिल हुन नसक्ने बताउनुभएको थियो ।

यसै गरी कार्यक्रममा नेकपा नेता उमेश कुमार डाँगीले जनप्रतिनिधि र सञ्चारकर्मीको योगदानबाट जनताले चाहेजस्तो विकास निमार्ण र आर्थिक समृद्धि ल्याउन सकिने धारणा राख्नुभयो । कार्यक्रममा जिल्ला समन्वय इकाइ उप प्रमुख अम्बिका भुजेल, पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाका अध्यक्ष इन्द्र गिरी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा  सञ्चारकर्मी , जनप्रतिनिधि, सूचना अधिकारी  लगायत ३ दर्जन बढी सहभागीहरुको उपस्थिति रहेको तालिम तथा अन्तरक्रिया कार्यक्रममा नेपाल सरकारका पूर्वं सचिव डा. शारदा प्रसाद त्रिताल, डा. टंक उप्रेती र एसकाजका पूर्व अध्यक्ष दीपेन्द्र वान्तावाले प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षण कार्यक्रममा विकास  र सञ्चारकर्मीको भूमिका, आपसी सहकार्यको भावना बढाउन लेख्नुपर्ने  भूमिका, नेतृत्वप्रति जनताले राखेको अपेक्षा र त्यस प्राप्तीको लागि सञ्चार लगायतको विषयवस्तुको छलफल गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.