श्याम राई उदयपुर गाईघाट, असार ४ गते । रातो तारा ढट कम,आन्तरीक तथा बाह्रय पर्यटकको गन्तब्य स्थल बनाउन सुनकोसीमा मंगलबार ¥याफटीङ्गको टेष्ट ड्राईभ गरिएको छ । उदयपुरको रौतामाई गाउँपालिका र होटल व्यावसायी डेविट बस्नेतको संयुक्त प्रयासमा रौतामाई गाउँपालिका–५ फोक्सिनटारदेखि त्रियुगा नगरपालिका–१४ साउनेस्थीत धाप्लाङ्ग सम्म झण्डै १५ किलोमिटर क्षेत्रमा टेष्ट ड्राईभ गरिएका हो ।
स्थानीय जन प्रतिनिधि, कर्मचारी, उद्यमी र संचारकर्मीको समूह उक्त टेष्ट ड्राईभमा सहभागिता थिए । काठमाडौंबाट ल्याईएको टेष्ट ड्राईभको टोलीले उक्त क्षेत्र ¥याफटीङ्गको लागि अति उत्तम रहेकोले ¥याफटीङ्गको लागि निकै संभावना रहेको बताए ।
उदयपुरको प्रसिद्ध धार्मिक एंव पर्यटकीय स्थल रौता पोखरीदेखि झण्डै १२ किलोमिटर उत्तरतर्फ रहेको सुनकोसीमा हिउँददेखि व्यावसायीक रुपमा ¥याफटीङ्ग संचालनमा ल्याउन लागिएको युवा व्यावसायी डेविट बस्नेतले बताए । उनले फोक्सिनटारदेखि धाप्लाङ्गसम्मको क्षेत्र जलयात्राको लागि अति उत्तम रहेको उल्लेख गर्दै उक्त क्षेत्रमा हिउँददेखि जलयात्रा संचालन गर्न लागिएको बताए ।‘ हामीले गाउँपालिकासँग समन्वय गरेर चलाउनलागेका छौ ।’ उनले भने ।
गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्काले उदयपुरलाई पर्यटकीय गनतब्य बनाउन सुनकोशीमा जलयात्रा आवश्यक रहेको औल्याए ।‘ जलयात्राको संभावना रहेकोले अब गाउँपालिकाले चाँडो निजी क्षेत्रसँग मिलेर अघि बढ्छ ।’ उनले भने ।
नियमित रुपमा सुनकोसीमा जलयात्रा संचालन गर्न सकिए आन्तरिक र बाह्रय पर्यटक बढी भन्दा बढी भित्राएर आम्दानीको श्रोत बढाउन सकिने उनले बताए । फोक्सिनटारदेखि घाप्लाङ्गसम्म जलयात्राबाट झण्डै १ घण्टा ३० मिनट लाग्ने व्यावसायी बस्नेतले बताए ।
Post a Comment