शिव भट्टराई सुनसरी जेठ ३१ गते ।मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ०६ मा आज एक जना व्यक्तिको मृत्यु भएको छ ।उनको गर्मीका कारण मृत्यु भएको हुन सक्ने स्थानियले बताएका छन । अन्दाजी ६५ वर्षको दुखिया चौधरी उनको घर कानेपोखरी स्थित कालिकोशीमा भएता पनि हाल उनी सुन्दरहरैचा नगरपालिका वाडा नं ६ स्थित गछिया खोलाको किनारमा बस्दै आएका थिए ।
दिउँसो करिब अन्दाजी ५ बज ह्विलचेयरमा बसिरहेको अवस्थामा उनको मृत्यु भको प्रहरीले बताएको छ ।
प्रहरीले मृतकको शरिरलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा पठाएको जानकारी दिएको छ ।
यता स्थानियले गर्मीको कारण मृत्यु भएको हुन सक्ने बताए पनि प्रहरीले भने पोस्टमार्टम गरिसकेपछी मात्र के कारणले मृत्यु भएको भन्न सकिने बताएको छ ।
Post a Comment