Websoft University

ईटहरीमा साहित्यिक महोत्सव हुने


शिव भट्टराई, इटहरी । रातो तारा डट कम,इटहरी उपमहानगर पालिकाको सहयोग तथा हंसवाहिनी प्रोडक्सन प्रा.लि.इटहरीको आयोजनामा असार ६ र ७ गते इटहरी साहित्यिक महोत्सव हुने भएको छ । 

आयोजकले वुधवार बिहान पत्रकार सम्मेलन गरी साहित्यिक महोत्सवबारे जानकारी दिएको छ । यसका लागि प्रतिभा छनौट अन्तर्गत यही २०७६ साल जेठ ३२ गते चार स्थानमा राष्ट्रियता, राष्ट्रिय एकता तथा राष्ट्रिय समृद्धि विषयमा प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गरिएको महोत्सव प्रचार–प्रसार संयोजक श्रीप्रसाद पोखरेलले जानकारी दिए । 

इटहरी पालिका परिसर स्थित सांस्कृतिक भवनमा नेपाली गीत गजल, राष्ट्रिय माध्यमिक विद्यालय, आँपगाछी, इटहरी वडा नं.२ मा नेपाली भाषी खुल्ला कविगोष्ठीको आयोजना गरिएको महोसत्वस मूल संयोजक कृष्ण नेपालले बताए । 

जेठ ३२ गते नै शारदा माध्यमिक विद्यालय, खनार, इटहरी १२ मा र  भादगाउँ सिनुबारी माध्यमिक विद्यालय, झुम्का, रामधुनी नगरपालिकामा थारु भाषी कविता,गीत तथा गजल प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक गोष्ठीबाट सात सात गरी जम्मा २१ जना उत्कृष्ट स्रष्टा छनौट भएको मूल समारोह समितिका संयोजक कृष्ण नेपालले बताए । 

सबै कार्यक्रममा सबै कार्यक्रममा युवा सर्जकहरुको उल्लेख्य सहभागिता रहेको प्रचार संयोजक श्रीप्रसाद पोखरेलले बताए । आँपगाछीको कार्यक्रममा प्रसिद्ध कवि मनु मन्जिल, झुम्काको कार्यक्रममा प्रा.डा. बद्रंीविशाल पोखरेल, इटहरी ६ मा भएको कार्यक्रममा डा. दिवाकर रेग्मी,खनारमा भएको कार्यक्रममा स्थानीय वडा १२ का वडा अध्यक्ष हेमानन्द दाहालको प्रमुख आतिथ्य रहेको स्थानीय बुद्धिजीवी निरेश चौधरीले बताए । 

उत्कृष्ट स्रष्टाहरुलाई आगामी असार ७ गते समापन समारोहमा नगद सहित पुरस्कार प्रदान गरिने जानकारी विचार गोष्ठी संयोजक जगदिश सापकोटाले जानकारी दिए । महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ । गित, गजल गोष्ठी संयोजकमा नरेश खड्का, विचार गोष्ठी संयोजकमा जगदिश सापकोटा रहेका छन् । 

त्यस्तै, कविता गोष्ठी संयोजकमा हेमन्त गौतम, प्रचार–प्रसार संयोजकमा श्रीप्रसाद पोखरेल र मूल संयोजकमा कृष्ण नेपाल रहेका छन् । मूल संयोजक कृष्ण नेपालले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.