Websoft University

स्वच्छ र स्वस्थ रहन सफाई अभियान निकै महत्वपूण रहन्छ


काठमाण्डौ जेष्ठ २२ गते । रातो तारा डट कम,खानेपानी तथा सरसफाई मन्त्री विना मगरले घरभित्रको फोहोर मात्र नभएर टोल र वस्तीमा रहेका विकृतिको समेत सफा गर्नु पर्नेमा जोड दिनुभएको छ । 

४६ औं विश्व वातावरण दिवसको असरमा भक्तपुरको सूर्यविनायकमा आयोजित उद्यान उद्घाटन तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले देशमा नदीनाला र गाउँटोल सफाई अभियानले व्यापकता पाइरहको र एक घर, एक सफाई अभियन्ता निस्कनु पर्नेमा समेत मन्त्री मगरले जोड दिनुभयो । 

मानव सृजित फोहोरले प्रकृति र वातावरणलाई असरले गरेको र त्यसको असर पुनः मानवलाई परिरहेको उहाँको भनाई छ । स्वच्छ र स्वस्थ रहन सफाई अभियान निकै महत्वपूर्ण रहेको भन्दै उहाँले बागमती र हनुमन्ते सफाई अभियानले चेतना फैलाउन सहयोग गरेको बताउनुभयो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.