श्याम राई-गाईघाट,असार ४ गते । रातो तारा डट कम,माछा मार्ने क्रममा सुनकोसीले बगाएर बुधबार विहान २ जना बेपत्ता भएको छन् ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिका –१ बस्ने अं १६ वर्षिय आशन राई र सोही ठाउँ बस्ने अं १३ वर्षिय प्रविण राई सुनकोसीमा माछा मार्ने क्रममा विहान ११.३० बजे कोसीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घटना लगतै स्थानीय, ईलाका प्रहरी कार्यालय लिम्चुङबुङ, जिल्ला प्रहरी कार्यालय खोटाङं र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली घटनास्थल तर्फ पठाई खोजतलास जारी रहेको जनाएको छ ।
Post a Comment