Websoft University

अबको पत्रकारिता अनलाइन मिडियामा समर्पित : मन्त्री घिमिरे


विराटनगर,असार ७ गते । रातो तारा डट कम,प्रदेश नम्बर एकको समाजिक विकास मन्त्री जीवन घिमिरेले अबको पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । 

आज विराटनगरमा अनलाइन मिडिया समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अनलाइन मिडियाले छिटो सुचना प्रवाह गर्ने माध्यम बनेको हुनाले यसलाई थप सुधार गर्दै लैजानु पर्ने बताउनुभयो ।

उहाले अब मासिक पाक्षित र दैनिक पत्रीकाको युग समाप्त हुन थालेकाले पाठकहरु अनलाइनमा समचार पढ्न र हेर्न  सक्रिय हुने समय आइसकेको भन्दै अनलाइनलाई बिस्वस्नियताका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्नु भयो ।

मन्त्री घिमिरेले प्रदेश सरकार बाट अरु सञ्चार माध्यम झै समानुपातिक बिज्ञापन तथा अनलाइन मिडियाकर्मीहरुलाइ थप तालिमको व्यवस्था गर्ने प्रतिबद्धता जाहिर गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अब देश बिकासमा सशक्त भुमिका निर्वाह गर्न अनलाइन मिडियाको बिशेश योगदान रहने बताउनु भयो । उहाले अरु सञ्चार माध्यम भन्दा अनलाइन सञ्चार माध्यमले छिटो सुचना प्रवाह गर्ने गरेको बताउदै अनलाइन मिडियालाई अगाडि बढाउन सबै व्यापारीक प्रतिस्ठानहरु बाट सक्दो सहयोग गरिने प्रतिबद्धता जाहेर गर्नु भयो ।

सोही विषयमा बोल्दै मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले अनलाइन सञ्चार माध्यमलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाले उद्योग संगठन मोरङ संग सहकार्य गरि अनलाइन मिडिया समूहलाई अगाडि बढाउन २५  हजार रुपैया सहयोग गर्ने घोषणा समेतगर्नुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश महासचिव बिबेक गोैतमले अनलाइनले समचारको क्षेत्रमा राम्रो भुमिका स्थापित गरेको गरको कुरा बताउदै कार्यक्रम सफलताको शुभकामना दिनु भयो ।
नेपाल  पत्रकार महासंघ मोरङका सभापति  बन्धु पोखरेलले
अहिले अनलाइन ससक्त रूपमा देखा परेकाले समेटेर नियमन गर्दै सुचना बिज्ञापन समान रूपबाट सरकारले उपलब्ध गराउनु
पर्छ भन्दै कार्यक्रम सफलताको शुभकामना दिनु भयो।

कार्यक्रममा बोल्दै अनलाइन मिडिया समूहको मोरङ अध्यक्ष
तथा कार्यक्रमका सभापति तेजेन्द्र बहादुर भणडारीले फेसबुक सञ्जालले गर्दा अनलाइन पत्रकारिता बद्नाम हुदै गएको कुरा उल्लेख गर्नु भयो । उहाले अनलाइन मिडियाको लागि चाहिने आवश्यक कानुनहरु पनि निर्माण हुनु पर्ने र अनलाइन मिडियाहरुलाइ नियमन गर्ने निकायको आवश्यकता रहेको बताउनु भयो ।

उहाले अनलाइन सञ्चालकहरुले सम्बन्धित निकायमा दर्ता गराउनु पर्ने कुरा पनि कार्यक्रममा राख्नु भयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.