काठमाण्डौ जेष्ठ २० गते । रातो तारा डट कम,जिल्लाका पाँच वटा स्थानीय तहमा सुचना प्रबिधी सेवा केन्द्र स्थापना गरिने भएको छ । सरकारले ल्याएको बार्षिक बजेटको कार्यक्रम अन्र्तगत जिल्लाका नौ वटा स्थानीय तहमध्ये पाँच वटामा सूचना प्रविधि सेवा केन्द्र स्थापना गरिने भएको हो । केन्द्र स्थापना हुने स्थानीय तहमा गौमुल गाउँपालिका, बुढीगगा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका र हिमाली गाउँपालिका रहेका छन् । पाँच वटै स्थानीय तहमा सूविधा सम्पन्न सूचना प्रविधि केन्द्र स्थापना हुने भएका छन् । यसै आर्थिक वर्ष भित्र समय अनुकुल सूचना प्रविधि जडानका लागि सरकारले आवश्यक बजेट विनियोजन गरिएको छ ।
Post a Comment