Websoft University

प्रदेश १ को आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति कार्यक्रम आज सार्वजनिक


विराटनगर,जेठ २३ गते । रातो तारा डट कम,प्रदेश १ सरकारले केही पुरानै र केही नयाँ कार्यक्रम समेट्दै आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति कार्यक्रमसार्वजनिक गरेको छ । प्रदेशसभामा बिहीबार प्रदेश प्रमुख प्राध्यापक डा. गोबिन्दबहादुर तुम्बाहाङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । विपक्षी दलले भने सरकारले ल्याएको नीति तथा कार्यक्रममा शब्दको जलप लगाएर सबैकुरा समेट्न खोजेको तर कार्यान्वयन जटिल रहेको भन्दै टिप्पणी गरेका छन् ।

नीति तथा कार्यक्रमले केही नयाँ कार्यक्रमलाई लोकप्रिय रुपमा अघि बढाउने योजनागत प्रस्तुति समेटेको छ । खासगरी कृषिलाई प्राथमिकतामा राख्दै यसको औद्योगिकरण र उत्पादन अनि व्यवसायीकरणमा जोड दिइएको छ । सरकारले कृषि, सरकारी र भूमि व्यवस्था सम्बन्धी आवश्यक नीति नियम, निर्देशिका तर्जुमा गर्दै तीनै तहका सरकारबीचको समन्वयबाट यो क्षेत्रको विकास गर्ने लक्ष्य लिएको छ । 

 बम बम बम
हरित कृषि अभियानअन्तर्गत एक सय बिघा जमिनमा जग्गाधनी किसानलाई कृषि कम्पनीमा आबद्ध गरी सरकारलेसमेत लगानी गरी नमुना कृषि परियोजना सञ्‍चालन गर्ने, प्रांगारिक व्यवसायिक खेतीलाई प्रोत्साहन गर्न मापदण्ड बनाइ ऋण, अनुदान र सहयोग गर्ने तथा छानिएका एक सय व्यवसायिक फर्मलाई सहयोग गर्ने व्यवस्था मिलाउने घोषणा गरेको छ । ठूला कृषि फार्म स्थापना, माछामासुमा पाँच वर्षभित्र आत्मनिर्भर बन्ने, एक करोड रुपैयाँसम्म स्थापना हुने कृषि उत्पादन कम्पनी दर्ता गर्न लाग्ने सबै शुल्क मिनाहा गर्ने, कृषक प्रशिक्षण कार्यक्रम चलाउने नीति लिएको छ ।

जडीबुटी खेती, नगदेबाली प्रबर्द्धन, कृषिमा आधारित विशेष आर्थिक क्षेत्र स्थापना, बगरखेती, खाद्यान्न बिउ उत्पादन, चिस्यान केन्द्र, नेट हाउस, यान्त्रीकरण कृषि क्षेत्रका परियोजना हुन । यसैगरी भूउपयोग नीतिअनुसार भूमिको वर्गीकरणमा सरकारले ध्यान दिने जनाइएको छ । कोशीटप्पु क्षेत्रमा नदीले छाडेको ५ हजार बिघा जमिनमा बस्तीरहित कृषि भूमिको विकास सरकारको निकै महत्वाकांक्षी कृषि परियोजना सञ्‍चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । सुनसरीको श्रीलंका टापुका बासिन्दालाई अन्यत्र स्थानान्तरण गरी त्यहाँ विशेष कृषि जोन चलाउन संघीय सकारसँग पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । 

विकासतर्फ भने मुख्यमन्त्री ग्रामीण सडक परियोजनाको निरन्तरता, एक घन्टामा स्वास्थ्य तथा शिक्षा क्षेत्र अनि बजार पुग्न झोलुंगे पुल निर्माण, चतरादेखि तुम्लिङटारसम्म जलमार्ग, पर्यापर्टनको विकास, धरान मूलघाट सुरुङ मार्गको सम्भाव्यता अध्ययन, मध्यपहाडी लोकमार्गमा स्थापना हुने नयाँ सहरमा मानव बसोबासको लागि आधार तयार गर्ने, रोजगारी सिर्जना अनि औद्योगिक विकासमा जोड दिइएको छ । क्रमागत रुपमा खानोपानी आयोजना सञ्‍चालन गर्ने, लिफ्ट, डिप बोरिङ र पम्पिङमा जोड, सुख्खाग्रस्त क्षेत्रमा खानेपानी आयोजना सञ्‍चालन, जलासययुक्त खानेपानी आयोजना, सौर्यउर्जाको विकास, एक वर्षभित्र १ हजार ४ सय मेगावाट जलविद्युत उत्पादन गर्ने सरकारले नीति तथा कार्यक्रममा समेटेको छ । यसमा प्रदेशको पानी जनताको लगानी भन्ने अवधारणा लिइने सरकारले जनाएको छ ।

सरकारले सहिदभूमिमा नमूना वस्ती विकास, एकीकृत वस्तीको धारणा अघि सार्दै सीमावर्ती क्षेत्रमा नमूना वस्ती बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । इटहरीमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र स्थापना, प्रदेशभित्र एक पर्यटकीय सहर, सुनसरीको कोशीमा रिफ्रेसमेन्ट सेन्टर, विराटनगर विमानस्थलको स्तरोन्नति, वीपी कोइराला, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता नेताको स्मृति पार्क निर्माण गर्ने जनाइएको छ । 

औद्योगिक विकासका लागि विराटनगरमा विशेष आर्थिक क्षेत्र, औद्योगिक प्रदर्शनीस्थल निर्माणलाई तिव्रता दिइने भएको छ । यसैगरी प्रदेश एक बिन्दु सेवा केन्द्र स्थापना, भेडेटार राजारानी हुँदै रवि राँकेको सिद्धिथुम्कासम्मको क्षेत्रलाई महाभारत हरित कृषि पर्यटन क्षेत्रको रुपमा घोषणा गर्ने र हरित कार्यक्रम लागु गर्ने, धरान उपमहानगरपालिकालाई पर्यटकीय पालिका घोषणा गरी सहकार्यमा कार्यक्रम चलाउने प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

यसबाहेक मुन्धुम ट्रेल मार्ग, एक नम्बर प्रदेशको सान, सबैको अनुहारमा मुस्कान, प्रादेशिक संरक्षण क्षेत्रको अवधारणासहितको वन एने तयारी गरी तीनजुरे मिल्के जलजले क्षेत्रमा गुराँस र जैविक विविधता संरक्षणका लागि संरक्षण क्षेत्रमा काम गरिनेछ । धनकुटामा मेडिकल कलेजसहितको बहुविशिष्टीकृत अस्पताल स्थापना, प्रादेशिक आविष्कार कोष, विद्यालयमा खाजाको प्रबन्ध र आमा समूह परिचालन, मनमोहन प्राविधिक विश्वविद्यालय, मदन भण्डारी प्राद्यौगिक महाविद्यालयमा स्तरोन्नति जस्ता विषयलाई समेटेको छ ।

नीति कार्यक्रम शब्दको जलप मात्र स् विपक्षी

प्रदेश १ का विपक्षी दलले डेढ घन्टा लामो भाषण गरेर ल्याइएको नीति तथा कार्यक्रमलाई प्रमुख विपक्षी कांग्रेसका नेता राजीव कोइरालाले शब्दको जलप लगाएर सबै चिज समेट्न खोजिएको बताउँदै भने,‘‘बुझ्नु पर्ने कुरा के हो भने अघिल्लो वर्ष पनि आएको थियो । तर, कति कुरा लागु भए । बजेट कति प्रतिशत खर्च भयो भन्ने हो । अहिले त्यसैको क्रमागत छ ।’’ प्रदेश सरकारले सबैको मुखमा मुस्कान भनेको तर पूँजीगत बजेट नै खर्च गर्न नसक्दा मुस्कान होइन रोदन भएको कोइरालाले टिप्पणी गरे । 

कांग्रेसका सांसद शेखरचन्द्र थापाले कार्यक्रमलाई ‘सपना उडान गर्ने तर अवतरण कसरी हुने’ भन्ने अन्योलपूर्ण भएको भन्दै अर्थ्याएका छन् । उनले भने,‘‘लोकप्रियता धङधङीबाट आएको छ । संघीय बजेटले समेत सबै काम गर्न भ्याउँदैन् । कसरी कार्यान्वयन हुन्छ भन्ने ठूलो प्रश्न छ ।’’

कांग्रेस प्रमुख सचेतक केदार कार्कीले शब्द र अलंकार मात्र राम्रा भएको बताउँदै विगतकै शब्द कपी पुस्तक भर्ने काम मात्र भएको भन्दै टिप्पणी गरे । समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले नयाँ नारा छैन र तर पुरानैले निरन्तरता पाएको बताउँदै भने,‘‘कार्यान्वयन हुनेमा विश्वास छैन् ।’’ उद्योगी राजेन्द्र राउतले भने आद्योगिक विकासका लागि प्रदर्शनी केन्द्र, कृषिलाई प्राथमिकता दिनुले पनि सकारात्मक रुमा आशा गर्ने ठाँउ भने रहेको बताए । उनले भने,‘‘समग्रमा कार्यान्वयन पक्ष नै कस्तो हुने भन्ने छ ।’’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.