Websoft University

सुन्दरहरैचामा विधार्थी बेहोस हुनेको संख्या ९ पुग्यो


शिव भट्टराई मोरङ असार ४ गते । सुन्दरहरैचा, मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ मा रहेको महेन्द्र माध्यमिक विधालयका विधार्थीहरु हप्ता दिन अघि देखि बिरामी भई बेहिस हुने क्रम जारी रहेको छ ।

आइतबार बिरामी हुनेको संख्या ४ थियो भने आज सम्म आइपुग्दा उक्त संख्या बढेर ९ पुगेको छ ।

बिरामी भए पश्चात् अहिले विधार्थीहरुको अभिभावकहरुमा डर त्रास फैलिएको छ । अहिले उक्त विधालयमा धामी झाक्री र डाक्टरको सल्लाहमा उक्त बिरामी संख्या कम गर्ने कार्य भईरहेको छ ।

उक्त स्थानमा धामी झाक्री र डाक्टरले विभिन्न प्रतिकृया समेत दिएका छन । धामी झाक्रीले भुत प्रेत भएको बताएको छ भने डाक्टरले ब्रेन मा साइकोलोजिकल असर परेको बताएको छ । यो बिराम एक जनालाई भेटे पछि कमजोर विधार्थीहरुमा डरले आफै असर गर्ने भएकोले एकले पछि अर्कोमा लाग्दै जामे डाक्टरको प्रतिक्रिया छ ।

यस्तै अभिभावकहरु के मा विश्वास गर्ने भन्ने दोधारमा परिरहेका छन । विधालय प्रशासनले भने आज देखि विधालय बन्द गराउने निर्णय गरेको प्र.अ सुनिल झा ले जानकारीगराए ।

बिरामी भएर बेहोस हुने विधार्थी हरु प्रतिक्षा विक कक्षा ०६मा अध्यनरत, अनिसा विक कक्षा ०६ मा अध्यनरत, अनिषा रिजाल कक्षा ०६ मा अध्यनरत, अस्मिता सार्की कक्षा ०६ मा अध्यनरत, एलिसा विक कक्षा ०५ मा अध्यनरत, पुजा विक कशा ०९ मा अध्यनरत, प्रीन्सा राई कक्षा ०९ मा अध्यनरत, करुणा चौधरी कक्षा ०९ मा अध्यनरत, आस्था धिमाल कक्षा ०६ मा अध्यनरत, विन्दा भुजेल कक्षा ०९ मा अध्यनरत विधार्थीहरु रहेको प्र.अ झाले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.