Websoft University

शिक्षक विनाको क्याम्पस, विद्यार्थी अनसनमा


पोखरा जेठ २५ गते । रातो तारा डट कम,पोखरा महानगरपालिका वडा नं। १९ पुरनचौरमा अवस्थित रामपुरको कृषि तथा बन विज्ञान विश्व विद्यालयको आंगिक क्याम्पसमा विद्यार्थीहरु ४ दिन देखि रिले अनसन गरिरहेका छन् । क्याम्पसमा नियमित पठनपाठन नभएको, प्रयोगशाला, खेलकुद तथा प्रयोगात्मक विषयको राम्रो व्यवस्था नभएको भन्दै विद्यार्थीहरुले रिले अनसन गरेका हुन् ।

उनीहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलनको कार्यक्रम जारी राख्ने जानकारी दिएका छन् । कृषि तथा बन विज्ञान विश्व विद्यालय अन्तरगतको पहिलो आंगिक क्याम्पस भए पनि अन्य क्याम्पसहरुमा सम्पूर्ण सेवाहरु पुरा भईसक्दा पनि पोखरा केही व्यवस्था नभएको विद्यार्थीहरुको गुनासो छ ।

अन्य क्याम्पसका विद्यार्थीहरु सरह प्रवेश परिक्षा उत्तीर्ण गरि क्याम्पस भर्ना भएपनि अन्य विद्यार्थीहरु सरह सुविधा नपाएको विद्यार्थीहरुले बताएका छन् । होस्टलको व्यवस्था नहुँदा चर्को मुल्यमा भाडाको कोठामा विद्यार्थीहरु बस्न बाध्य भएको उनीहरुको गुनासो छ । कक्षा कोठा समेत स्थानीय विद्यालयको भवन भाडामा लिएर चलाईएको छ । रामपुरबाट समय मिलाएर शिक्षहरु आएर शिक्षकलाई अनुकुल समयाम आएर मात्र पठन–पाठन गर्ने हुँदा विद्यार्थीहरु मर्कामा परेको विद्यार्थीहरुले बताएका छन् ।

क्याम्पस प्रमुख चन्द्रेश्वर श्रीवास्तवले शिक्षकको अभाव हुँदा नियमति पठन–पठन हुन नसकेको बताए । विद्यार्थीहरुको मागको विषयमा विश्वविद्यालयसँग छलफल भईरहेको उनले जानकारी दिए । रामपुर कृषि तथा बन विज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले क्याम्पसमा शिक्षक पदपुर्तिका सम्बन्धमा विश्वविद्यालय लागिपरिरहेको बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.