काठमाण्डौ जेष्ठ २२ गते । रातो तारा डट कम,दार्चुलाका यार्सा पाटनमा अनुगमनका लागि सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएको छ । जेठ दोस्रो साता देखि यार्सा संकलनका लागि खुल्ला गरिएका जिल्लाका यार्सा पाटनहरुमा अुनगमनका लागि अपीनाम्पा संरक्षण क्षेत्रका कर्मचारी तथा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोली यार्सा पाटनमा खटिएका छन् ।
यार्सा पाटनमा प्रबेश गरेको यार्सा संकलनहरुले परिचय पत्र लिए नलिएको बारे अनुगमन गर्न टोली परिचालन गरिएकोे अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिनुभयो । अनुगमन संगै यार्सा पाटनमा चोरी, डकैती लगायतका विभिन्न अपराधिक गतिविधिहरु समेत हुने गरेकाले संरक्षण क्षेत्रको आग्रहमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली यार्सा पाटनामा खटाइएको हो ।
अपिहिमाल गाउँपालिकाको घुसा क्षेत्रका यार्सा पाटनमा सूचना अधिकारी राजु घिमिरेको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली खटिएको छ । यस्तै व्याँस क्षेत्रका यार्सा पाटनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका रेञ्जर मनोज अवस्थीको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यस्तै खण्डेश्वरी र सितोलाको चाइमेटला लगायतका वन क्षेत्रका लागि १०÷१० जना नेपाल प्रहरीको टोली परिचालन गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
दार्चुलाका यार्सा पाटनमा अनुगमनका लागि सुरक्षाकर्मी सहितको टोली परिचालन गरिएको छ । जेठ दोस्रो साता देखि यार्सा संकलनका लागि खुल्ला गरिएका जिल्लाका यार्सा पाटनहरुमा अुनगमनका लागि अपीनाम्पा संरक्षण क्षेत्रका कर्मचारी तथा सशस्त्र प्रहरी र नेपाल प्रहरी सहितको टोली यार्सा पाटनमा खटिएका छन् । यार्सा पाटनमा प्रबेश गरेको यार्सा संकलनहरुले परिचय पत्र लिए नलिएको बारे अनुगमन गर्न टोली परिचालन गरिएकोे अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिनुभयो ।
अनुगमन संगै यार्सा पाटनमा चोरी, डकैती लगायतका विभिन्न अपराधिक गतिविधिहरु समेत हुने गरेकाले संरक्षण क्षेत्रको आग्रहमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली यार्सा पाटनामा खटाइएको हो । अपिहिमाल गाउँपालिकाको घुसा क्षेत्रका यार्सा पाटनमा सूचना अधिकारी राजु घिमिरेको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली खटिएको छ ।
यस्तै व्याँस क्षेत्रका यार्सा पाटनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका रेञ्जर मनोज अवस्थीको नेतृत्वमा २१ जना सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यस्तै खण्डेश्वरी र सितोलाको चाइमेटला लगायतका वन क्षेत्रका लागि १०÷१० जना नेपाल प्रहरीको टोली परिचालन गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।
Post a Comment