Websoft University

इटहरीका उद्योगी व्यवसायी निर्वाचनमा व्यस्त, के भन्छन मतदाता ?


शिव भट्टराई, सुनसरी । रातो तारा डट कम,उद्योग वाणिज्य संघ इटहरीको यही असार १४ गते हुने निर्वाचनका लागि शैलशकुमार बिष्ट र भीमबहादुर पौडेलको नेतृत्वको समुह
आ आफना प्रतिवद्धता सहित मतदाता कहाँ पुगी रहेका
छन ।

निर्वाचनको मिति नजिकीएसंगै दुवै समुह मतदातालाई आफनो पक्षमा पार्न दिनरात लागि परिरहेका हुन । निर्वाचन केन्द्रीत प्रचारप्रसार गर्दै नेतृत्वका दावेदारहरु अघि बढी रहेको समयमा मतदाताहरु भने मुख्य रुपमा इटहरी क्षेत्रको व्यापार व्यवसायलाई प्रत्यक्ष रुपमा असर पारिरहेको घरभाडाको विषयलाई आगामी नेतृत्वले गम्भीर रुपमा लिनु पर्ने सुझाव दिइरहेका छन ।

प्रदेस नम्बर १को एक प्रमुख व्यापारीक नगरी इटहरी पुर्वकै एक व्यस्त बजार क्षेत्र पनि हो । पुर्वी पहाडी जिल्लाका साथै तराईका अन्य जिल्लाहरुबाट समेत मानिसहरु चैरस्तामा रहेको कारण पनि किनमेलका लागि मानिसहरु इटहरी आइपुग्ने गरेका छन । त्यसैलाई मध्यनजर गर्दै इटहरी क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्नेहरुको संख्या पनि दिनप्रतिदिन बढी रहेका छन । इटहरी क्षेत्रमा धेरै प्रकारका सामाग्रीहरु उत्पादन गर्ने उद्योगहरु देखि लिएर धेरै प्रकारका सामनहरुको ठुलाठुला होलसेल पसलहरु समेत रहेका छन । साना ठुला व्यपार व्यवसार र उद्योगहरुको अवस्थालाई हेर्दा इटहरीमा पाँच हजार भन्दा बढी उद्योगी व्यवसायीहरु रहेका छन । तिनीनै उद्योगी व्यवसायीहरुको हकहितका लागि काम गर्ने साझा नेतृत्व चयन हुने निर्वाचनको सरगर्मी इटहरीमा बढी रहेको छ ।

निर्वाचनको मौदानमा उत्रिएका भिमबहादुर पौडेल र शैलेशकुमार बिष्टले आ आफना समुह बनाएर अघि बढीरहेका छन । आमागी १४ गते हुने निर्वाचनबाट अध्यक्ष सहित १९ जना निर्वाचित हुने छन । निर्वाचनका लागि मैदान उत्रिएका उमेद्वारहरु मतदाता कहा पुगी रहेको समयमा कतिपय मतदाताहरु अहिले सम्मका नेतृत्वले खासै आफुहरुको हकहितका लागि काम नगरिरहेकोले जुन …..आएपनि कानै चिरिएको भने झै भएको प्रतिक्रिया दिन्छन । कतिपय मतदाताहरु इटहरी उद्योग वाणिज्य संघमा पुरानै अनुहार दोहोरि रहेपनि खासै उद्योगी व्यवसायीहरुका हकहितका क्षेत्रमा काम नभएको गुनासो गर्दछन । अत्यायिक र मनपरी घरभाडाका कारण व्यवासायीहरु पलायन हुने क्रम बढी रहेपनि घरभाडाका विषयमा नेतृत्वले ध्यान दिन नसकिरहेको भन्दै आगामी नेतृत्वले घरभाडाको सवाललाई गम्भीर रुपले लिएर व्यवसायी पलायन हुने क्रम घटाउनु पर्ने सुझावदिन्छन ।

अर्का थरी व्यवसायीहरु उद्योग वाणिज्य संघमा ठुला कारोवार गर्नेहरुलाई मात्र समेटिएको आरोप लगाउछन । साना व्यवसायीहरुलाई समेत समेट्ने योजना अब आउने नेतृत्वले गर्नु पर्ने सुझाव दिन्छन । साना व्यवसायीहरुलाई पनि नेतृत्वको अवसर दिनु पर्ने उनीहरु जोड दिन्छन । मतदाता व्यवसायी तथा व्यापारीहरुले उद्योग वाणिज्य संघको नेतृत्व साझा उद्योगी व्यवसायीहरुको हक हितमा काम गर्ने हुनु पर्ने सुझाव दिदै आएका भएपनि नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएकाहरु राजनैतिक आस्थालाई समेत प्राथमिकतामा राखेर मत मागी रहेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.