मोरङ,असार ५ गते । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ०-१-९ बन्न लागेको नव निर्माण गरिने वडा नम्बर -११ को वडा कार्यालय भवनको आज शिलान्यास गर्नु भयो ।
महानगरपालिकाले वडा नं.११ पिछडामा निर्माण हुने सो भवनका लागि चालु आर्थिक वर्ष रु.३० लाख प्रदान गरेकोछ ।
अहिले निकै साङ्घुरो अवस्थामा कार्यालय सञ्चालन गर्दा जनतालाई सेवा प्रदान गर्न निकै कठिनाई भइरहेकोले नयाँ भवन बनाउन लागेको बताइएकोछ ।
सो अवसरमा प्रमुख पराजुलीले भने नयाँ भवन बनेपछि सुशासन र सेवामा छिटो छरितो तरिकाले जनतालाई सेवादिन सकिने विचार व्यक्त गर्नु भयो ।
उपप्रमुख इन्दिरा कार्कीले जनप्रतिनिधिहरुले जहिले पनि जनताकै सेवा समर्पित रहने भएकाले जनताका आवश्यकतामा ध्यान दिइरहेको बताउनुभयो । नेकपाका मणि दाहाल लगाएका वक्ताले पनि बोल्नु भएको थियो।
वडा ११ का वडा अध्यक्ष न्यौपानेले निर्वाचन पछि व्यवस्थित कार्यालयको अभावमा जनतालाई सेवा प्रदान गर्न कठिनाई भइरहेकोले यो भवन बनाउन लागेको जानकारी दिनु भयो ।
Post a Comment