Websoft University

एपीएफले बुधबार उत्कृष्ट खेल प्रदर्शन गर्यो

गाईघाट,असार ४ गते । रातो तारा डट कम,एपीएफले बुधबार उत्कृष्ट खेल प्रदर्शन गर्दै मोरङं एकेडेमी माथि २–० को जित हात पार्दै छैठों उदयपुर गोल्ड कपको फाईनल प्रवेश गरेको
छ ।
खेलको १२ औं मिनटमा हरी कार्कीले गोल गरे सँगै एपीएफले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समय खेल सकिन २ मिनट बाकी रहदा हरी स्यान्ताङ्गले गोलगरि २–० गोल अन्तर बनाए ।

निर्धारीत ९० मिनटको खेलको दोश्रो हाफमा दुबै टिमबाट कुनै गोल हुन सकेन ।

एपीएफका प्रशिक्षक सुदिप श्रेष्ठले खराब मौसम हुदा हुदै पनि खेलाडीहरु राम्रो खेल खेलेको कारण जित सम्भब भएको संक्षिप्त प्रतिक्रिया दिए ।‘ हामीले पानीले भिजेको फिल्डमा सुख्खा तर्फ बललाई होल्ड गरेर अघि बढाउने रणनीति लिएका थियौ । अन्तमा सफल भयौ ।’ उनले भने ।

मोरङका प्रशिक्षक संजिब बुडाथोकीले मौसमले साथ नदिएकोले खेलाडीहरुले सोचे अनुरुप खेल्न नसकेको कारण पराजय भोग्नु परेको बताए ।‘ हामी पनि कमजोर थिएनौ । तर वर्षाले हामीलाई धोका दियो ।’ उनले भने ।

खेलको म्यान अफ दि म्याच एपीएफका हरी स्यान्ताङ्ग भए । उनले ७ हजार नगद, ट्रफि र मेडल प्राप्त गरे ।
विहीबारको खेल आयोजक टिम उदयपुर–११ र गोर्खा वाईज रुपन्देहीबीच हुने छ ।



                 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.