Websoft University

” वित्तिय साक्षरता तथा जाली नोट सम्बन्धी कार्यशाला” कार्यक्रम सम्पन्न


शिव भट्टराई, मोरङ / रातो तारा डट कम,नेपाल राष्ट्र बैँक कर्मचारी संघ विराटनगरको आयोजनामा शनिवार मोरङको सुन्दर हरैँचा नगरपालिका वार्ड ६मा रहेको सुन्दरपुर बचत तथा ऋण सहकारी सस्था र साना किसान कृषी सहकारी सस्थाको संयुक्त आयोजनामा” वित्तिय साक्षरता तथा जाली नोट सम्बन्धी कार्यशाला” कार्यक्रम सम्पन्न भएको छ ।

साना किसान कृषी सहकारी सस्थाका अध्यक्ष रविन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको कुल २२ बटा सहकारी सस्थाका पदाधिकारीको सहभागीता रहेको थियो  । कार्यक्रममा अतिथिको रुपमा नेपाल राष्ट्र बैँक कर्मचारी संघका तारानाथ शर्मा  , विष्णु बराल , सविन ओली , अशोक रेग्मी लगायतले बजारमा बढदो मात्रामा जाली नोट भएको कारण सबैले मौद्रिक कारोवार गर्दा सावधानी अपनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो  ।

कार्यक्रमको सहजिकरण नेपाल राष्ट्र बैंक कर्मचारी संघका खगेन्द्र सावाँ र देवकान्त मण्डलले गर्नुभएको थियो  । प्रत्येक नागरिकले कागजी नोटको कारोवार गर्दा त्यसलाई ब्यवस्थित रुपमा प्रयोग गर्नको लागी आग्रह गरिएको थियो  । कार्यक्रममा बोल्दै अग्रणी कृषी सहकारी सस्थाका अध्यक्ष सोभित मान पौडेलले सहकारी नियमनकारी निकायको साथ र सहयोगको सदैब खाँचो औलाउनुभयो  ।

त्यस्तै सहभागीको सुझाव दिने क्रममा साना किसान कृषी सहकारीका अध्यक्ष अजम्बर राई सहकारीको समस्यालाई उजागर गर्नकोलागी राष्ट्र बैंकले प्रभावकारी कदम चाल्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.