Websoft University

भ्रस्टचार बिरुद्ध खनिए इटहरीका मेयर द्वारिकलाल चौधरी


शिव भट्टराई -रातो तारा डट कम,भष्ट्रचार विरुद्ध अभिव्यक्ति दिदै आएका कारण चर्चामा रहेका इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले रातो झण्डाको खोल ओडेर भष्ट्रचार गर्ने छुट कसैलाई नभएको वताएका छन ।

भष्ट्चार विरुद्धको अभियान नाम दिएर आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले लाल खोल ओडेर भष्ट्चार गर्ने एक कर्मचारीलाई उपमहानगरपालिकाबाट विदा दिइसकेको वताएका हुन ।भ्रस्टचार बिरुद्ध अभियानकर्ताहरुले बिभिन्न नारा लगाऊदै इटहरीको परिक्रमा गरेका थिए।

केही समय यता देखि केही पत्रकारहरु प्रति आक्रोशीत हुदै आएका मेयर चौधरीले भष्ट्चारी कर्मचारीलाई निकाल्दा केही पत्रकार रोइरहेको छ भन्न पनि पछि परेन ।कार्यक्रममा उनले पित पत्रकारीताको अन्तय गर्नु पर्ने सुझाव दिएका थिए। आफनै पाटीका जिल्ला सदस्य समेत रहेका इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईका विषयमा छानविन हुनु पर्ने माग समेत मेयर चौधरीले गरे ।

सार्वजनिक ऐलानी जग्गा मिचेर घर बनाएको भन्दै इटहरी खानेपानीका अध्यक्षको घरमा डोजर चलाउने देखि लिएर, सार्वजनिक ऐलानी जग्गा मिच्नेहरु कसैलाई नछोडि डोजर चलाइने चेतावनी समेत दिए ।

अभियान कार्यक्रममा विभिन्न संघसंस्थाका मानिसहरुले मेयर चौधरीलाई सम्मान गरे । कार्यक्रममा नागरिक समाजका उपाध्यक्ष सन्तबहादुर डुम्जन लगायतले भष्ट्चार अन्त गरिनु पर्ने आवाज उठाएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.