काठमाण्डौ जेष्ठ २६ गते । रातो तारा डट कम,नेपाल–भारत पेट्रोलियम पाइपलाइनको निर्माण एक महिनामा सकिने भएको छ । नेपाल र भारत दुवै देशको लगानीमा निर्माण भइरहेको पेट्रोलियम पाइपलाइनको निर्माण अन्तिम चरणमा पुगेको नेपाल आयल निगमले जनाएको हो । पाइपलाइनमा डिजेल, पेट्रोल र हवाई इन्धन ल्याउन मिल्ने निगमले जनाएको छ । तर भण्डारण क्षमता कम भएकाले सुरुमा डिजेल मात्र ल्याउन सकिने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो । सुरुमा डिजेल मात्र ल्याइए पनि भण्डारण क्षमता बढाउँदै जाने अनि पेट्रोल र हवाई इन्धन पनि ल्याइने निगमले जनाएको छ । त्यसका लागि पाइपलाइनलाई चितवनको लोथरसम्म पु¥याउने र त्यहाँ भण्डारण स्थल बनाउने योजना रहेको छ । त्यस्तै सातवटै प्रदेशमा रहेका पेट्रोलियम भण्डारण क्षमता बढाउने पनि योजना रहेको आयल निगमले जनाएको छ ।
पेट्रोलियम पाइपलाइनको निर्माण अन्तिम चरणमा पुग्यो

Post a Comment