Websoft University

महासंघको देशब्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन सम्पन्न


काठमाडौ असार ३ गते । रातो तारा डट कम,सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत आजदेखि प्रेस स्वतन्त्रताको पक्षमा देशब्यापी हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ ।

मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरु अविलम्ब फिर्ता लिन माग राख्दै बैशाख २९ देखि जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलनका कार्यक्रमहरुलाई उपेक्षा गर्दै सरकार महासंघले उठाएका मागप्रति गम्भीर नभएपछि महासंघले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

महासंघका देशभर रहेका जिल्ला शाखा÷प्रष्ठिान शाखा र एसोसिएट संस्थासहित महासंघ केन्द्रीय कार्यालयमा असार ३ गतेदेखि ५ गतेसम्म संकलन गरिएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको छ । 

महासंघ प्रेस स्वतन्त्रताको पक्षमा सञ्चालित यो अभियानमा सक्रिय सहभागिता जनाउन आमसञ्चारकर्मी, सञ्चारसम्बद्ध संघ–संगठन, सञ्चारमाध्यम, विभिन्न पेशाकर्मीहरु, राजनीतिक दल, नागरिक समाज, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुप्रति हार्दिक आहृवान गर्दछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.