श्याम राई÷उदयपुर ईघाट, असार ४ गते । रातो तारा डट कम,एकै दिसातर्फ जादै गरेको टिफरले मोटरसाईकललाई बुधबार विहान ठक्कर दिदा दुई युवाको मृत्यु भएको छ । उदयपुरको चौढण्डी नगरपालिका–७ भुल्केस्थीत लाटी खोलामा विहान १०.३० बजे बसाहादेखि बेलटारतर्फ जादा गरेको बा २ क नम्बरको टिफरले स ४ प ३६१ नम्बरको पल्सर मोटरसाईकललाई ओभर टेक गरेर ठक्कर दिदा चौढण्डी नगरपालिका–४ बर्खेडाँडा बस्ने अं ३६ वर्षिय मोटरसाईकल चालक खगेन्द्र राई र उसँगै पछाडी बसेका ऐ ऐ बस्ने अं ३५ वर्षिय जिवन कुमार सामपाङ्गको घटनास्थलमै मृत्यु भएको जिल्लाप्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
आफनै साईट लिएर जादै गरेको मोटरसाईकललाई टिफरले ओभरटेक गर्दा गाडीको बडीले वाईक चालक र पछाडी बसेका युवाको टाउकोमा ठक्कर दिएको प्रत्यक्षीदर्सी जिवन तामाङ्गले बताए । घटना लगतै दुबैको टाउको फुटेर मृत्यु भएको उनले बताए । शरीरको अन्य भागमा कुनै चोटपटक छैन । मोटरसाईकललाई समेत कुनै क्षती पुगेको छैन । घटनास्थ पुगेका बेलटार बजारका पत्रकार केदार कटुवालले बताए ।
दुबै सवारी साधन एकै दिसातर्फ जादै गर्दा टिफरले ओभरटेक गर्दा उक्त घटना घटेको देखिन्छ ।’ उनलवे भने । घटनापछि टिफरको चालक फरार रहेकोले खोजी गरिरहेको छ । घटनामा स्थानीय दुई युवाको मृत्यु भएपछि टिफर चालकको लापरवाही भएको भन्दै स्थानीय बासिन्दाले मदन भण्डारी राजमार्गको बसाहा–बेलटार सडक खण्ड अवरुद्ध गरेकाछन् । उनीहरुले मृतकको शब अझैउठाउन दिएका छैनन् ।
प्रहरीले शब उठाउन पठाएको नगरपालिकाको ट्याक्टर समेत उनीहरुले नियन्त्रणमा लिएका छन् । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कार्यवाही गरिनु पर्ने माग राखेर प्रदर्शन गरिरहेकाछन् । मदन भण्डारी राजमार्गको पुल निर्माणमा प्रयोग गरिएको उक्त टिफर रसुवा कन्ट्रक्सनको भएको प्रहरीले जनाएको छ ।
गाडी धनी सम्पर्कमा आईसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी विर वहादुर बुडामगरले बताए ।‘ दुबै पक्षबीचमा छलफलगरि समस्या समाधान गर्ने तर्फ लागेका छौ ।’ एस.पी मगरले भने,‘ नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलाई समस्या समाधानको लागि आग्रह गरेका छौ ।’ प्रहरीले घटनाको दोषिलाई कुनै पनि हालतमा उम्कन दिने छैन । एस.पी मगरले भने ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरको तथ्याङंक अनुसार चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा टिफरको ठक्करबाट ७ जनाले ज्यान गुमाई सकेकाछन् । जिल्लामा ठूला विकास निर्माणको आयोजना शुरु भएयता भित्रिएको टिफर अहिले यस क्षेत्रको लागि आतंकको पर्याय बनेको छ ।
Post a Comment