काठमाण्डौ जेष्ठ २२ गते । रातो तारा डट कम,अछमको पञ्चदेवन विनायक नगरपालिकामा रहेको विद्यामन्दीर नमुना माध्यामिक विद्यालयमा आयोजित २ दिने निशुल्क आँखा शिविरमा ६० जना आँखाका विरामीको शल्यक्रिया भएको छ ।
सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय दिपायल तथा गेटा आँखा अस्पतालले आयोजनामा आँखाका रोगीको निःशुल्क शल्यक्रिया गरिनुको साथै निःशुल्क औषधि उपचार समेत भएको छ ।
चश्माको आवश्यकता भएका ५० वर्ष उमेर भन्दा माथिकालाई विशेष छूटमा चश्मा पनि उपलब्ध गराइएको आयोजकले जनाएको छ । शिबिरमा पञ्चदेवल विनायक नगरपालिका, कमबलजार नगरपालिका, रामारोशन गाउँपालिका, तुर्माखाँद गाउँपालिका, ढकारी गाउँपालिकाका सेवाग्राहीले सेवा लिएका थिए ।
Post a Comment