Websoft University

नविन लामाले ईन्जुरी समयको ७ औं मिनटमा गरेको गोल निर्णायक बन्यो


श्याम राई-उदयपुर,गाईघाट,जेष्ठ ३२ गते ।
रातो तारा डट कम,एपीफले शनीबार उत्कृष्ठ प्रर्दशन गर्दै न्यु स्टार सुनसरी माथि २–१ को जित हासिल गर्दै छैठौ उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको विजयीती शुरुवाती गरेको
छ ।

एदयपुरको गाईघाटस्थीत थरुहट रंगशालामा शुरु भएको उद्घाट खेलमा एपीफका नविन लामाले ईन्जुरी समयको ७ औं मिनटमा गरेको गोल निर्णायक बनेको थियो ।
एनले ५० यार्डबाट गरेको गोलले जित निकालेको हो ।

प्हिलो हाफ गोल रहित बराबरीमा रहेकोमा दोश्रो हाफको १२ औं मिनटमा प्रविण सामपाङ्गले गरेको गोलबाट एपीफले खाता खोलेको थियो । २८ औं मिनटमा न्यु स्टारका ईभामले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

प्हिलो हाफमा निकै कमजोर प्रर्दशन गरेको एपीफ दोश्रो हाफबाट खेलमा फर्किएका थियो ।‘ हामीले बनाएको रणनीति अनुरुप खेलाडीले राम्रो खेल्न सकेकोले जित पक्का भएको एपीफका प्रशिक्षक सुदिप श्रेष्ठले बताए ।

‘ विपक्षीको स्टाईकरलाई खेल अवधि भरी मार्क गरेका थियौ । उनीहरुलाई डेक चल्न दिएनौ ।’ प्रशिक्षक श्रेष्ठले भने । त्यसैले जित हासिल गर्यौ । प्रचण्ड गर्मीको बाबजुद पनि खेलाडीहरुले राम्रो प्रदर्शन गर्न सके ।

न्यु स्टारका प्रशिक्षक बरुण राईले आफनो स्टाईकर ओवानालाई विपक्षीले पूरै मार्क गरेकोले हार भएको बताए ।‘ हाम्रा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । तर स्टाईकर मुभ हुन नपाएपछि सफलता पाउन सकेनौ ।’

प्रतियोगिताको म्यान अफ दि म्याच एपीफका नविन लामा भए । उनले नगद ७ हजार नगद मेडल र ट्रफि प्राप्त गरे ।
आईतबारको खेल आयोजक गाईघाट–११ र झापा–११ विच हुने छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.