Websoft University

सञ्चारकर्मीहरुप्रति नकारात्मक धारणा नफैलाउन महासंघले संचेत गरायो


काठमाडौ जेठ १९ गते । रातो तारा डट कम,पछिल्लो केही दिनयता सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालहरुमा भइरहेका नकारात्मक टिका–टिप्पणी र पोष्ट गरिएका सामग्रीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा सञ्चारकर्मीहरुप्रति नकारात्मक धारणा फैलाउने, घृणा पैदा गर्ने, कार्य सम्पादनमा हतोत्सायी बनाउने र असुरक्षित बनाउने महासंघको ठहर छ । महासंघ आफैं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षधर हो ।

 तर, सामाजिक सञ्जालमा सञ्चारकर्मीहरु विरुद्ध आएका सामग्रीहरु अभिव्यक्ति स्वतन्त्रतामात्रै हो भनेर मान्न सकिने किसिमका छैनन् । ज्ञानेन्द्र शाहीले पनि सामाजिक सञ्जालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोग मात्रै हो भनेर मान्न सकिदैन । शाहीको अभिव्यक्तिले कर्णाली प्रदेशका सञ्चारकर्मीहरुको आत्म सम्मानमा चोट पुग्नुका साथै असुरक्षा पैदा गराएको छ ।

महासंघ कानुनी राज्यको वकालत गर्ने संस्था भएकोले अदालत र कानुनको उच्च सम्मान गर्ने स्पष्ट पार्न चाहन्छ । तसर्थ, समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीविरुद्ध सामाजिक सञ्जालको माध्यमबाट अफवाह फैलाउनेहरु विरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन महासंघ सम्बन्धित निकायसमक्ष महासचिव रमेश विष्टले जोडदार माग गर्दछ ।

.......................

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.