बिराटनगर । असार २ गते । रातो तारा डट कम, सामुदायिक विधालय व्यवस्थापन समिति महासंघले आज बिराटनगरमा पत्रकार सम्मेलन गरेर स्थानिय तहरहरुले शिक्षा क्षेत्रका सामुदायिक विधालयको व्यवस्थापन समिति निमार्णमा मन खुसी गरेको भन्दै आपति जनाएका छन ।
आग्रह र पुर्व ग्रहबाट प्रेरित हुदै १ नम्वर प्रदेशकै सोलुखुम्बुको थुलुङ, दुधकोशी, महाकुलुङ गाउपालिकाले बिधालय व्यवस्थापन समिति गठन गर्ने समितिहरु आफै बनाउने शिक्षकहरु मनपरी ठंगबाट सरुवा गर्ने गरेका उदारण रहेकाछन ।
यस्ता स्वैच्छाचारी कामहरुको महासंघले घोर आपती जनाउदै १ नम्वर प्रदेश सामाजिक बिकास मन्त्रालयमा ज्ञापन पत्र समेत बुइााइ सकेको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पेसल कुमार राईले जानकारी गराउनु भएकोछ ।
महासंले सामुदायिक बिधालयमा स्थानिय तहले नियाम मिचेर काम गर्न सुरु गरेकाले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप नगर्न आग्रह गर्दै, त्यस्तो कार्य तु बन्द गर्न समेत महासंले आज पत्रकार सम्मेलन मार्फत सम्वन्धि निकायहरु संग माग गरेकोछ ।
Post a Comment