Websoft University

नेकपाको सचिवालय बैठक जारी


काठमाडौ जेठ २१ गते । रातो तारा डट कम,सत्तारुढ दल नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी छ । शीर्ष नेताहरुबीच जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि यसअघि पटक, पटक स्थगित बैठक आज अपराह्नदेखि जारी छ । बैठकमा पार्टीका जिल्ला इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी बाँडफाँड गर्ने विषयमा छलफल भइरहेको छ । नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्ने टुंगो लागेको छैन । त्यस्तै पोलिटब्युरो गठनको विषय बाँकी छ । शनिवारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै हिजोका लागि सारिएको थियो । अध्यक्षद्वयले हिजोका  लागि निर्धारित बैठक आजलाइ सारेका हुन् । पोलिटब्युरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आआफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेका छैनन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.