बिराटनगर जेठ ३२ गते । रातो तारा डट कम, प्रदेश नम्वर १ को रतुवामाइ नगरपालिका वडा नम्वर ६ मा रहेको श्री सौंठा उच्च माध्यमिक बिधालय सिजुवा मोरङ पूर्व बिधार्थी बद्री प्रसाद घिमिरे र वहाकै धर्मपत्नी श्रीमी शान्ता घिमिरेले आफना स्व, अङगिरा घिमिरे र माता स्व, अयोध्या घिमिरेका नाममा रु २ लाखको छात्रवृत्ति अक्षय कोष खड गरिदिनु भएकोछ ।
स्व,अङगिरा घिमिरे र माता स्व, अयोध्या घिमिरेका नाममा स्थापना गरिएको कोषको बार्षिक २० प्रतिसत कोष बृद्घिमा राखि बाँकी २० प्रतिसत प्रत्यक वर्ष एस इइमा राम्रो अंक ल्याएर उतिण हुने एक छात्र एक छात्रा लाई प्रत्यक वर्ष रकम र प्रमार्ण पत्र सहित पुरक्कृत गरिने र बाँकी सम्जौता अनुसार हुनेगरी सम्जोैेता पत्रमा हस्ताक्षर भएको छ ।
यि नै कुराहरु समेटेर श्री सौंठा उच्च माध्यमिक बिधालय सिजुवाका प्राचार्य श्री लक्ष्मी प्रसाद कोइराला संग हालै सम्जौता भएको,कोष दाता, बद्री प्रसाद घिमिरेले रातो तारा लाई जानकारी गराउनु भएकोछ ।
Post a Comment