शिव भट्टराई सुनसरी जेठ २२ गतेे । रातो तारा डट कम,
सञ्चार क्षेत्रका माध्यमबाट सामाजिक विकासका योगदान पुर्याएको भन्दै सप्तकोशी अन्लाईनका विकल रेग्मीलाई इटहरीमा सम्मान गरिएको छ ।
पेस्को मेकअप स्टुडियो स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको अवसर पारेर आयोजित कार्यक्रममा सप्तकोशीका संचारकर्मी रेग्मीलाई सम्मान गरिएको हो ।
सौन्र्दयकला व्यवसायका रुपमा सञ्चालनमा रहेको भएपनि पेस्को मेकअप स्टुडियोकी सञ्चालिका मनिता तामागंले विभिन्न सामाजिक कार्य समेत गर्दै आएकी छन ।
पेस्को को सञ्चालनको एक वर्ष पुरा भएको अवसरमा इटहरीको ओशियन पार्कमा एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६जनालाई सम्मान गरियो ।
सम्मानीत हुनेहरुमा सञ्चारकर्मी रेग्मी सहित चलचित्र निर्देशक तथा कलाकार प्रकास सुब्बा , रेडिमेट व्यवसायी गायत्री कटुवाल , व्युटिसियन शान्ता राई, फोटोग्राफर मनोज सुब्बा लाई सम्मान गरियो ।
सम्मानीत हुनेहरुलाई कार्यक्रमका प्रमुअ अतिथी व्यवसायी तथा समाजसेवी भिम पौडेल र कार्यक्रमका विशिष्ट अतिथी पव्लीक स्पीकर रमेश प्रसाईले सम्मान गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथी पौडेलले उद्योगी व्यवसायीहरु मिलेर अघि बढे इटहरीको विकासमा थप बल पुग्ने विश्वास व्यक्त गरे ।
Post a Comment