Websoft University

पर्यटकीय तालहरु संकटमा पर्नथाले

  
काठमाण्डौ जेष्ठ १९ गते । रातो तारा डट कम,बाजुरामा रहेका धार्मिक र पर्यटकीय महत्वका तालहरु संरक्षणको अभावमा संकटमा परेका छन् । छेडेदह र बुढीनन्दा सहितका दर्जन बढी पर्यटीकय तालहरुको अस्तित्व खतरामा परेको छ । पर्यटकलाई मोहनी लगाउने ती तालको संरक्षण र प्रचारमा स्थानीय तहको ध्यान नपुगेपछि जिल्लामा रहेका सुन्दरताका अस्तित्व खतरामा पर्दै गएका छन् । जिल्लाका छेडेदह, बुढीनन्दा, त्रिबेणी लगायतका तालको अस्तित्व संकटमा परेको हो । तालको संरक्षणमा सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो रहेको छ । संरक्षण अभावमा तालहरुमा जङ्गगली झारपात र बुट्यानले ढाक्दै गएको पाईएको छ । घरेलु चौपाया र जङ्गगली जनावरले फोहोर गर्दा खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालको सौन्दर्य विस्तारै घट्दै गएको छ ।  जिल्लालाई आर्थिक अवस्था माथि उकासी राम्रो आम्दानी दिन पर्यटन विकास र स्थानीय श्रोतको प्रयोग जरुरी भएपनि बाजुरामा भने पर्यटन विकासका लागि कुनै कार्यक्रम नहुँदा जिल्लाबासी निराश भएका छन् । जिल्लाका यी तालहरु अहिले बन्यजन्तुका लागि पानी पिउने र चराचुरुङ्गीको बाँस स्थानको रुपमा प्रयोग भएको पाईएका छन् । छेडेदह, त्रिबेणी र बुढीनन्दा तालले प्राकृतिक स्वरुप गुमाउँदै गएपछि चराचुरुङ्गीको बाँसस्थान पनि संकटमा परेको छ । खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालको पछिल्लो समय मोह खट्दै गएपछि स्थानीय चिन्तित भएका छन् । गाउँपालिकाले कुनै निश्चित योजना नबनाउँदा ताल आसपासको क्षेत्र अहिले गौचरनको रुपमा प्रयोग भईरहेको स्थानीय नरेश सुनारले बताउनुभएको छ ।  



  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.