Websoft University

विश्व सामुदायसँग प्रतिस्पर्धा गर्न प्रविधि मैत्री शिक्षामा जोड दिनु पर्छ- अध्यक्ष - टिमाराम पुरी

विराटनगर । रातो तारा डट कम, निजी तथा आवसिय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टिमाराम पुरीले शिप र संस्कारसहित प्रविधिमैत्री शिक्षामा जोड दिनु पर्ने बताएका छन् ।

प्याब्सन विराटनगरले आयोजना गरेको ‘प्याब्सन आँगन’ प्रतियोगिताको विराटनगरमा आज भएको अडिसन राउण्डको उद्घाटन शत्रमा बोल्दै अध्यक्ष पुरीले विश्व सामुदायसँग प्रतिस्पर्धा गर्न संस्कारसहितको प्रविधि मैत्री शिक्षामा जोड दिनु पर्ने बताएका हुन् ।

अहिलेको युग प्रविधिको भएको जानकारी दिदै शिक्षालाई प्रविधिमा जोड्न सकिएन भने अपूर्ण हुने अध्यक्ष पुरीको भनाई थियो । । नेपालको शिक्षालाई विश्वसँग प्रतिस्पर्धा गर्न प्रविधियुक्त शिक्षालाई अब अनिवार्य रुपमा लागू पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष पुरीले नीजि विद्यालयका लागिविभेदकारी शिक्षा नीति राज्यले ल्याए त्यसको खबरदारी गर्दै प्याब्सन अगाडी बढ्ने स्पष्ट समेत पारे । शिक्षामैत्री नीति निमार्णमा स्थानिय स्तरदेखि दबाव सृजना आवश्यक रहेको उहाको भनाई थियो ।

संविधानमै बालवाकिलालाई आफु अनुकुलको स्कूल छनौट गर्ने अधिकारी दिएको उल्लेख गर्दै पुरीले राज्यले विभेदकारी शिक्षा नीति ल्याए त्यसको खबरदारी प्याब्सनले गर्ने बताए ।

कार्यक्रममा प्याब्सनका विराटनगरका अध्यक्ष इन्द्र राई, स्ताकोउत्तर क्याम्पस विराटनगरका पूर्व क्याप्पस प्रमुख डाक्टर मनोज राउत, एन प्याब्सन मोरङका पूर्व अध्यक्ष राजन छाराहाङ्ग , विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुख दुर्गा खतिवडालगायले यस्ता कार्यक्रमले विद्यार्थी भित्रको कला प्रस्फुटनमा सहयोगी हुने बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.