![](http://cdn3.thahanews.com/media/albums/Aaditya_narayan_jha_6_JUn7yJt1uC.jpg)
काठमाण्डौ असार ११ गते । रातो तारा डट कम,पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ। विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ। नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन्। केहि वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्य काठमाडौंका संगीत प्रेमी माँझ गुन्जिने भएका छन्। जुलाईको ६ तारिख अर्थात आउँदो असार २१ गते आदित्य राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा लाइभ प्रस्तुत हुनेछन। ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ मा उनले आफ्ना तथा बलिउडसँगै नेपालको हिट गीतलाई प्रस्तुत गर्नेछन्। गायकसँगै एक्टर समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाको छोरा हुन्। केहि दिन अगाडी आदित्य नेपाल आउने चर्चा भएता पनि डेट फाईनल भएको थिएन् । उनले आफैले भिडियो सम्बोधन मार्फत जुलाई ६ मा आउने बताएका छन्। ‘म आदित्य नारायण भिजिट नेपाल २०२० अन्तर्गत नै नेपाल आउँदैछु’ भिडियोमा उनले सम्बोधन गरेका छन्। उनले नेपालीसँग आफुले समय बिताउनेमा विश्वस्त रहेको जनाउदै सबैलाई कार्यक्रममा निम्तो समेत गरेका छन्। आदित्य जुलाई ६ मा नै नेपाल आउनेछन्। उनि नेपाल आएसँगै पत्रकार सम्मेलनमा सहभागी भएर बेलुकीको तयारीमा जुट्ने समेत आयोजकले जनाएका छन् ।
Post a Comment