श्याम राई-गाईघाट,असार ५ गते । रातो तारा डट कम,
गोर्खा वाईज रुपन्देहीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आयोजक गाईघाट–११ मथि ४–१ को फराकिलो अन्तरले जित हासिल गर्दै उदयपुरमा जारी छैठौं उदयपुर रामपम गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
उपाधिको लागि फाईनलमा एपीएफसँग सामना गर्ने छ । खेल शुरु भएको २ मिनटमा शुसील कुमार यादबले गोल गरेसँगै गोर्खा वाईजले अग्रता लिएको थियो । १७ औं मिनटमा अफ्रिकन खेलाडी डेनियलले थप गोल गर्दा गोर्खाल वाईज रुपन्देहीले अग्रता दोब्बर पारेको थियो ।
१६ औं मिनटमा उदयपुर–११ का खेलाडी दिपक मगरले डिबक्स भित्र हेण्ड गर्दा पाएको पेनाल्टी उनले सदुपयोग गरे । २१ औं मिनटमा फोफनाले गोलगरि गोर्खा वाईजलाई ३–० को अग्रता बनाए ।
दोश्रो हाफको २३ औं मिनटमा आयोजक उदयपुर ११ का तर्फबाट स्टाईकर सुनिल खड्काले सान्त्वना गोल गरे । खेलको ३८ औं मिनटमा गोर्खाका वाईजका खेलाडी फोफनाले थप गोल गर्दै ४–१ फराकिलो अन्तर पारे । खेल अवधि भरि उनले २ गोल गरे । झरीको कारण हिलाम्मे भएको मैदानमा दुबै टिमले राम्रै खेल प्रदर्शन गरेपनि गोल गर्ने धेरै अवसर गुमाएका थिए ।
गोर्खा वाईज रुपन्देहीका प्रशिक्षक जगुना खड्काले आफू भन्दा कमजोर टिम भएकोले जित निश्चित भएको बताए ।‘ झरीले गर्दा फिल्ड हिलाम्मे भएकोले धेरै गोल गर्ने अवसर गुमाउनु पर्यो ।’ उनले भने ।‘ हामीले उत्कृष्ट लयबाट खेल खेलेका थियौ । अब फाईनलमा पनि यसले निरन्तरता पाउ
छ ।’ उनले भने ।
उदयपुरका प्रशिक्षक किरण कार्कीले बलियो टिमसँगै खेलाडीले राम्रै प्रदर्शन गरेका बताए ।‘ हामीलाई उनीहरुको रणनीति बुझन केही समय लागेकोले केही समय खेलले लय लिन सकेन ।’ उनले भने । हामीले पनि गोल गर्ने धेरै अवसर गुमाएकोले सफलता पाउन सकेनौ ।’
उनले भने ।प्रतियोगिताको उत्कृष्ट खेलाडी गोर्खा वाईजका अफ्रिकन खेलाडी पेपे भए । उनले नगद ७ हजार र ट्रफि
पाए ।
Post a Comment