Websoft University

पीडितहरुको उद्दारमा जुट्न राष्ट्रपतिको आग्रह


काठमाण्डौ असार ३० गते । रातो तारा डट कम,राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवान पीडितहरुको उद्दार तथा राहतमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । उहाँले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । पीडितको उद्दार तथा व्यवस्थापन, घाइतेहरको उपचार, राहत वितरण र वेपत्ता भएकाहरुको खोजीमा राज्यका संयन्त्रहरुाई परिचालन गराउन सम्बधित निकायले ध्यान दिनेछ भन्ने विश्वास समेत व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रिय उद्दार तथा राहतमा जुट्न र प्राकृतिक प्रकोपबाट बच्न आवश्यक सावधानी अपनाउन समेत राष्ट्रपति भण्डारीले सबैलाई आह्वान गर्नुभएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.