Websoft University

आजदेखि कर्मचारीले प्यान नम्बर विना तलब दिन नपाउने


काठमाण्डौ साउन १ गते । रातो तारा डट कम,आजदेखि कुनै पनि फर्म वा निकायले स्थायी लेखा नम्बर अर्थात् प्यान नम्बर बिना तलब दिन नपाउने भएका छन् । प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिए त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन नपाउने व्यवस्था गरिएको आन्तरिक राजश्व विभागले जनाएको हो । आयकर ऐनमा कर्मचारीलाई तलब दिदाँ प्यान अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएकाले प्यान अनिवार्य गरिएको विभागका प्रवक्ता यज्ञ ढुंगेलले सीआईएनसँग बताउनुभयो । अहिलेसम्म नौ लाखले मात्र प्यान नम्बर लिएको विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागको सर्वेक्षणले अहिलेसम्म नौ लाख २३ हजार तीन सय ५६ प्रतिष्ठान रहेका देखाएको छ । स्थायी लेखा नम्बर नभएको एक हजार रुपैयाँभन्दा माथिको मूल्यको विजक वापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.