Websoft University

मेरिल्याण्ड कलेज नेपालको उत्कृष्ट टप ५ मा पर्न सफल


विराटनगर, असार  २१ विराटनगर ७ रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेज कान्तिपुर मिडिया ग्रुपको साप्ताहिक पत्रिकाको नेपालका टप १० कलेजको लिस्टमा पर्न सफल भएको छ ।
मुलुकभरीका ४ हजार ३ सय ८० भन्दा बढी प्लस टु कलेज मध्ये नेपालको उत्कृष्ट टप ५ मा पर्न सफल भएको छ । कलेजले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी उत्कृष्ट टप ५ मा पर्न सफल भएको जनाएको छ ।
कान्तिपुर साप्ताहिक कलेजले हरेक वर्ष नेपालका कलेजहरुको बारेमा अध्ययन तथा अनुसन्धान गरी उत्कृष्ट टप १० छान्ने गर्दछ । यसैविच यसपटक पनि विराटनगरको एक मात्र कलेज मेरिल्याण्ड उत्कृष्ट ५ औं स्थानमा पर्न सफल भएको कलेजका अध्यक्ष गुणराज ढुङ्गेलले जानकारी दिए । यसले गर्दा प्रदेश १ को राजधानी विराटनगर शैक्षिक हवको रुपमा परिणत हुन थालेको ढुङ्गेलले बताए ।
वि.सं. २०५९ सालमा स्थापना भई हाल १७ औं बर्षमा प्रवेश गरेको उक्त कलेजले विरगञ्जदेखि काँकडभिट्टा र हिमालयदेखि मित्रराष्ट्र भारतको कटिहारसम्मका विद्यार्थीहरुलगायत पश्चिम बंगालको सिलिगुडीसम्मका विद्यार्थीहरु आर्कषण गर्न आफू सक्षम भएको अध्यक्ष ढुङ्गेलको भनाई छ । उनले भने ले विराटनगरका विभिन्न कलेजहरु टुक्रा–टुक्रा भई पढाउनुको सट्टा शैक्षिक पद्धति र गुणस्तर सुधार गर्न एकमुष्ठ भई पढाउनु पर्ने कुरालाई आत्मसात गर्दै विराटनगरका शिक्षादीप कलेज, हिमालय कलेज र मेरिल्याण्ड कलेज मर्ज भएको बताए ।
कलेजले स्थापना भएको सालदेखि नै व्यवस्थापन शिक्षालाई मात्र फोकस गरी अहिलेसम्म निरन्तर एउटै विषय अध्यापन गराउदै आएको कलेजका प्रवन्धक निर्देशक भेषराज पोखरेलले जानकारी दिए । प्रबन्ध निर्देशक पोखरेलले विराटनगरलाई शिक्षाको अन्तराष्ट्रिय हब बनाउनुपर्छ भन्ने सोच तर्फ अग्रसर हुँदै मेरिल्याण्डले व्यवस्थापन संकायतर्फ विश्वविद्यालय तहमा उत्कृष्ट सफलता हाँसिल गरेको बताएका छन् । 
मेरिल्याण्डकी छात्रा प्रणाशा श्रेष्ठ यसै बर्ष सि.ए को क्याप २ मा बोर्ड फष्ट गर्न सफल भएकी र त्यस्तै सिम्रन अग्रवालले पनि बि.बि.एस प्रथम बर्षमा यसै पटक प्रदेश भरिमै उच्च अंक प्राप्त गर्न सफल भएको कलेजले जनाएको छ ।
स्थापनाकालदेखि हालसम्म जम्मा ११ पटक टप १० मा पर्न सफल भईसकेको उक्त कलेजमा एसईईको परीक्षा नतिजा आए लगत्तै अहिलेसम्म जम्मा ८ सय ५० जना विद्यार्थीहरुले कक्षा ११ मा भर्नाका लागि आवेदन दिईसकेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले
बताए । उनले हाल मेरिल्याण्डमा बि.बि.ए, बि.बि.एस, बि.एच.एम र बि.सि.ए लगायतका कोर्षहरु पढाई हुने गरेको बताएका छन् ।
स्थापनादेखि व्यावस्थापन संकायका १५ वटा व्याच आउट भईसकेको कजेलले आज पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.