Websoft University

किसानलाई समस्यै समस्या, किसानको कृषि पेशा प्रतिको मोह घट्दै,



काठमाण्डौ साउन १ गते । रातो तारा डट कम,नेपालको कुल जनसंख्याको ६४ प्रतिशत कृषिमा आश्रित छन् भन्ने तथ्यांक कृषि मन्त्रालयसँग छ । कृषि क्षेत्रको बढ्दो समस्याका कारण कृषि पेशा प्रतिको मोह घट्दै गएको छ । प्रविधिको अभाव, मलको अभाव , मुल्यको नपाउनु, यातायातको असुविधा लगाएतका कारण किसान चिन्तामा छन् । मुस्ताङमा वर्षेनी ५३ सय मेट्रिकटन स्याउ फलेपनि यातायातको सुबिधा नहुँदा किसानले समस्या भोगिरहेका छन् । तराईमा सिंचाइको सुबिधा र मलको अभावले धान उत्पादन कम हुन थालेको छ । जसले गर्दा आफूहरु निरुत्साहित भएको धनुषाका किसान भरत महतोको भनाइ छ । शीतभण्डार, बिउ भण्डार, चिस्यान केन्द्र, कृषि सूचना केन्द्र, आधुनिक प्रविधि जस्ता कृषिसम्बन्धी पूर्वाधारहरुको अभावले किसानहरु कृषि क्षेत्रमा आकर्षित हुन सकेका छैनन् । कृषि विभाग भने काम गरिरहेको बताउँछ । विभागका कृषिविज्ञ डाक्टर राम कृष्ण श्रेष्ठले यि समस्या समाधानका लागि काम भइरहेको बताउनुभएको हो । कृषि क्षेत्रको वार्षिक औषसत बृद्धिदर ३ दशमलव ४ प्रतिशत मात्रै छ । यसको मुख्य कारण कृषि क्षेत्र आधुनिक र व्यवसायिक हुन नसक्नु रहेको कृषि विज्ञहरु बताउँछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.