Websoft University

कटारी–घुर्मि सडक अवरुद्ध भए पछि-दैनिक उपभोग्य बस्तुको अभाब हुन थाल्यो


श्याम राई-कटारी साउन ६ गते । रातो तारा डट कम,
बाढी पहिरोले सिद्धिचरण राजमार्गको कटारी–घुर्मि सडक अवरुद्ध भएपछि पहाडी भेगका तिन जिल्लामा दैनिक उपभोग्य बस्तुको अभाब हुन थालेको छ ।

दई साता अघिको अविरल वर्षाले उक्त राजमार्गको धेरै ठाउँमा सडक पूरै बगाएपछि अवरुद्ध बनेको यातायात अझै सूचारु हुन नसक्दा खोटाङं, सोलुखुम्बु र ओखलढुंगा जिल्लामा उपभोग्य बस्तुको हाहाकार हुन थालेको हो ।

बाढी पहिरोले पूरै सडक बगाएर सवारी साधन चल्न नसक्दा काठमाडौं र तराईबाट मालसमान बोकेर ति जिल्लातर्फ जान हिडेका दर्जनौ मालवाहक सवारी साधन कटारी बजारमै रोकिएर बसेका छन् । सवारी साधनमा खाद्य पदार्थ, औषधी, निर्माण सामाग्री, लत्ता कपडा र पेट्रोलियम पदार्थ रहेका छन् ।
पहाडी भेगका लागि सामान बोकेर आएका ति मालवाहक सवारी साधन गन्तब्यतर्फ जान नपाउदा पहाडी भेगमा दैनिक उपभोग्य सामानको अभावले स्थानीय बासिन्दा समस्या पर्न थालेकाछन् ।

कटारी उद्योग वाणिज्य संघ उदयपुरका पूर्व सदस्य पवन श्रेष्ठले पहाडी जिल्लाको लागि मालसमान बोकेर आएका संयौ मालवाहक सवारी साधन रोकिदा पहाडी जिल्लामा उपभोग्य बस्तुको अभाब हुन थालेको बताए ।‘ संयौ गाडी रोकिएको छ । अवरुद्ध बाटो खुल्ने कुनै टुङ्गो छैन ।’

उनले भने,‘ बाटो खुलेपछि मात्र रोकिएको मालवाहक सवारी चल्ने हुदा पहाडी जिल्लामा उपभोग्य मालसमानको अझै अभाब हुन्छ ।’सिद्धिचरण राजमार्ग बनेको झण्डै २५ वर्षपछि अविरण वर्षाले यति धेरै क्षति पु¥याएको यो पहिलो पटक रहेको उनले बताए ।

‘ विगत वर्षमा पनि बाढी पहिरोले राजमार्गलाई क्षति पु¥याउँदै आएको थियो । तर यति धेरै सडक बगाएको भने पहिलो हो । उनले भने । पैदल हिड्न समेत निकै कठिन भएको छ । सडकको ट्रयाक समेत बगाएको छ । भिर पहरो हुँदै सर्व साधरण जोखिम मोलेर हिड्नु परेको छ ।’ उनले भने ।
असारको अन्तिम साता आएको भिषण वर्षाले राजमार्गको झण्डै १० किमी सडकलाई क्षति पु¥याएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।

बाढी पहिरोले गर्दा उक्त राजमार्गको बेतिनी–घुर्मि सडक खण्ड अन्तर्गत कटारी नगरपालिका–११ स्थित ठाटी भञ्जायङ्गमा  सडकको पूरै‘ एलाईनमेन्ट’ नै परिवर्तन गर्नु पर्ने अवस्था आएको सडक डिभिजन लहानका प्राविधिकहरु बताउछन् ।‘ पूरै सडक बगाएपछि अर्को नयाँ ट्रयाक खोलेर बाटो बनाउनु पर्ने अवस्था आएको डिभिजन सडक लहानका प्रमुख डिई विनोद साहले बताए ।‘

पहिलेको सडक भन्दा झण्डै ४० मिटर माथिबाट नयाँ ट्रयाक खोल्ने तयारीमा लागेका छौ ।’ उनले भने,‘ बाटो पूरै बगाएको ले काम गर्न कठिनाई भएको ।’ ५ सय मिटर नयाँ ट्रयाक खोलेपछि बाटो मर्मत संभारको काम दृत गतिले अघि बढ्ने उनले बताए ।

नयाँ खुल्ने ट्रयाक हाईट कटिङ्ग हुने भएकोले चार वटा स्काभेटर प्रयोग गरेर काम भैरहेको डिई साहले बताए । उनले अवरुद्ध राजमार्ग खुल्न झण्डै दुई साता अझै लाग्ने बताए ।
भौगोलिक कठिनाई, जनशक्ती र मेशिनरी सामानको अभावले गर्दा सडक निर्माणको काममा तिब्रता हुन नसकेको उनले बताए ।

उक्त सडक खण्डको ठाटी भञ्याङ्गमा सबै भन्दा बढी क्षति पुगेको छ । करिब ३ किमी सडक पूरै बगेको छ । ठाटी भन्दा केही परको लप्से भिरमा माथिबाट ठूलो पहिरो गएर पहाड बनेको छ । लप्सेको पहिरो हटाउने काम अझै हुन सकेको
छैन । पहिरो हटाउने कार्य नहुदा पैदल हिड्नेलाई समेत निकै सास्ती व्याहोर्नु परेको छ ।

‘ माथिल्लो भेगको लागि आवतजावतमा सिद्धिचरण राजामार्ग भन्दा अन्य कुनै विकल्प छैन ।’ कटारीका समाजसेवी राम कुमार राईले भने । अवरुद्ध सडक खण्ड तत्काल सूचारु नगरे कुनै विकल्प नरहेको उनले बताए ।

 उनले सडक डिभिजन कार्यालयले वर्षेनी करोडौ खर्च गरेर उत्तः राजमार्गमा मर्मत संभारको कुनै अर्थ नरहेको बताए ।‘ दिर्घकालिन समस्या समाधान नभए सम्म वर्षामा पटक,पटक सडक अवरुद्ध भैरहन्छ ।’ उनले भने ।

उक्त सडक खण्डको कटारीदेखि घुर्मि सम्म सडक पूरै जिर्ण भएकोले हिउदमा समेत सवारी साधन चलाउन कठिन रहेको यातायात व्यावसायी साङदोर्जे शेर्पाले बताए । उनले उक्त सडक स्तरउन्नती गरेर चार लेनको बनाउन सांसद र जनप्रतिनिधिहरु पटकपटक आवाज उठाउँदै आएको भए पनि सम्बन्धित निकायले वेवास्था गरेकै कारण अहिलेको समस्या निम्तिएको बताए ।

नेपाली सेनाले बनाएको उक्त बाटोमा वटासिल प्रविधिले पिच गरेको र बाटो साधुरो भएको पहिल्यैदेखि गुनासो हुदै आएको थियो । उक्त बाटोमा दैनिक संयौको संख्यामा सवारी साधन चल्ने गरेकोले सडक बनेको ३, ४ वर्षमै बाटो जिर्ण बनेको थियो । सडक डिभिजनले सडक चौडा पारेर स्तर उन्नती नगरी वर्षेनी टालटुल गर्ने गरेको कारण नै यो वर्ष उक्त राजमार्गलाई बाढी पहिरोले अहिले सम्म कै ठूलो क्षति पु¥याएको छ ।





श्याम राई ÷ उदयपुर                   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.