Websoft University

सुन्दरहरैचाले गर्यो जेष्ठ नागरिक अन्तरक्रिया कार्यक्रम


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ३ स्थित लक्ष्मी नारायण मन्दिरको सभाहलमा एक दिवशिय जेष्ठ नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रमको वडा नं. ३ का वडा अध्यक्ष जीवन ढुंगानाले अध्यक्षता गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रमको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.को प्रमुख आतिथ्यता सम्पन्न भएको थियो  ।

जेष्ठनागरिकले सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा बसका कर्मचारी बाट भोग्नुपरेको समस्या र यात्रा गर्दा पाउनुपर्ने छुट सेवालाई प्रभावकारी बनाउनु पर्ने, स्वास्थ्य कार्यालय बाट पाउने छुट सेवाका बारेमा चासो, जेष्ठ नागरिकलाई प्रथमिकिकरण गर्नुपर्ने ,  अपमानको अन्त्य गर्नुपर्ने लगायत विषय सहभागिहरुले प्र्रश्न उठाएका थिए ।

सहभागिहरुले उठाएका प्रश्नको जवाफ दिदै बस व्यवसायी संघ केन्द्रिय सदस्य ध्रब घिमिरेले सरकार बाट दुइ जनालाई छुट दिने व्यवस्था गरेको भएपनि  बसका कर्मचारी अनपढ भएकाले यो समस्या हुनेगरेको स्कार गर्दै आमामि दिनमा सच्याउन बताएका थिए ।

कार्यक्रमको कार्यक्रममा विशेष अतिथि रहेको सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङको थियो भने प्रमुख प्रशासकिय अधिकृत गणेश दाहाल, वडा नं. ७ का वडा अध्यक्ष चैतन्य सिटौला, वडा नं. ५ का अध्यक्ष रामप्रसाद रिजाल, स्वास्थ्य शाखा प्रमुख उदेश श्रेष्ठ र बस व्यवसायी संघ केन्द्रिय सदस्य ध्रब घिमिरे, जेष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्कीको आतिथ्यता रहेको थियो ।

जेष्ठ नागरिक समाज सुन्दरहरैचाका कार्यसमिति, सल्लाकार समिति, लेखा समिति र वडा अध्यक्षहरुको समेत सहभागिता रहेको अन्तिरक्रिया कार्यक्रममा जेष्ठ नागरिकहरुले भोग्ने समस्या जेष्ठनागरिकहरुप्रति सार्वजनिक यातायातमा गरिने व्यवहार प्रति छलफल गरिएको थियो । वर्तमान ऐन नियम र व्यवहारमा भएको द्वन्द निराकरण गर्न सम्बन्धित निकायमा पु¥याईदिने प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.